काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका ३ स्थित फेरी जंगलमा साँझ पिकनिक खाएर फर्किएको बस दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ४ जनाको मृत्यु भएको र अन्य २२ भन्दा बढी घाइते भएका छन् । बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको परिचय खुलिसकेको छैन।
साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेचब हर्ब संस्थाका ४० जना जति कर्मचारी उक्त बसमा सवार रहेका जनाइएको छ।












