Outline Khabar
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
                                                       
No Result
View All Result

सिमलताल दुर्घटनाका घाइते भन्छन्,‘मेरो परिवारका पाँच जनामा म मात्रै बाचेँ’

सिमलताल दुर्घटनाका घाइते भन्छन्,‘मेरो परिवारका पाँच जनामा म मात्रै बाचेँ’

काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनामा तीन जना बाँच्न सफल भएका छन् । त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका मध्ये एकजना डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा घाइते भएका उनिहरु मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

काठमाडौंबाट गौर जाँदै गर्दा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खसेपछि हाम फालेर नदीबाट बाहिर आएको उनीहरूले प्रहरीलाई बताएका छन् ।

Subisu

हाम फालेर त्रिशूलीबाट निस्कनेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपलिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता छन् ।

नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा बाँच्न सफल जोगेश्वर रायले आफ्नो परिवारका पाँच जनामध्ये आफुमात्र बाँच्न सफल भएको बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘बसमा छोरा, जेठी छोरी र एक–एक जना नाति र नातिनी थिए, पाँच जनामा चार जना सबै खतम भए ।’ काठमाडौंमा उपचार गरेर घर फर्कँदै गरेको बताउने जोगेश्वर रायले आफू चढेको गाडी एक्कासी हल्लिएको र चार पटक पल्टा खाएर खोलामा खसेको बताए ।

उनले भने, ‘त्यसपछि म पनि डुबेँ। पाँच–छ घुट्की पानी पिएँ ।’ त्यहाँबाट कसरी कसरी बाहिर निस्किएर म पौडी खेलेर किनारमा आएँ ।

पौडिएर नदी किनारमा पुगेपछि अँध्यारोमा छामछुम गरेर सडकसम्म आएको उनले सुनाए । रायका अनुसार उनीसँगै बसमा उनका छोरा,छोरी, नाति र नातिनी पनि थिए।

‘बसमा छोरा, जेठी छोरी, एक जना नाति र एक जना नातिनी थिए। पाँच जनामा म मात्रै बाचेँ,’ रायले भने। घाइतेहरूका अनुसार उनीहरूलाई प्रहरीले त्यहाँबाट गाडी चढाएर अस्पताल पु¥याएको हो।

दुर्घटनामा बाँच्न सफल अर्का व्यक्ति रौतहटका नन्दन दासले मुग्लिनमा खाना खाएर बस अघि बढेको एक डेढ घण्टा पछि दुर्घटना भएको बताए ।

उनले माथिबाट पहिरो आएको र बस पल्टिएर नदीमा पुगेको बताए। नदीमा पुगेपछि झ्यालबाट बाहिर निस्किएर पौडिँदै किनारमा पुगेको उनले बताए । उनले पौडी खेल्दै जाँदा ढुङ्गा र त्यसपछि झाडी भेटिएको र झारहरू समातेर सडकमा निस्किएको बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

तराईमा चर्को गर्मी कायमै, कहाँ कस्तो छ आजको मौसम?

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host