Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सडक निर्माण गर्दा छोपिएका भैरव, सडक खनेरै निकालिए

सडक निर्माण गर्दा छोपिएका भैरव, सडक खनेरै निकालिए

default

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नं. १ नक्सालमा सडकमुनि छोपिएको भैरवलाई खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे सडक मुनि कमलको आसनमा भैरवको स्वरुप शिवलिङ्ग खुला गरिएको हो । त्यहाँ भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले सुरक्षामा लिएको छ ।

करिब ४७ बर्ष छोपिएको भैरव खुला पाउँदा स्थानीयहरुले हर्ष प्रकट गरेका थिए । उनीहरुमध्ये पाको उमेरका मानिसहरु भन्दै थिए, ‘बाल्यकालमा खेल्दा खेल्दै देखेका देवता यत्तिका बर्षपछि फेरि देख्न पाइयो । खुशी छौँ ।’ स्थान खुला गराउँदा उहाँहरुले भैरवको जय, भन्दै सुखानुभूति प्रकट गरेका थिए ।

Subisu

यसको स्थापनाका विषयमा स्थानीयहरु शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा आधारित कथा सुनाउँछन् । यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख वा तस्विर जस्ता प्रमाण प्राप्त हुन सकेको छैन । भैरव राखिएको खाडल, खाडलका प्रयोग भएको इटाको गारो, गारोका बिच बिचमा भएका खोपाहरुले भने प्राचीन कालमा यसको स्थापना भएको मान्न सकिन्छ ।

वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘लिखित प्रमाण छैन । पाका मानिसहरुले यो ठाउँका बारेमा जानकारी दिँदै, शंकराचार्य र अमर वाणाका बिचमा तान्त्रिक शक्तिका विषयमा भएको विवादले सिर्जना गरेको युद्धको कथा सुनाउँछन् ।’

लेखिएको कुरा भेटिएको छैन तर, यस ठाउँसँग अन्य ठाउँका देवी देवताको सम्बन्ध रहेको चलन अझै पनि छन् । वडा सदस्य रसला तण्डुकार भन्छन् ‘गएको जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच नचाइएको थियो । टेकुको पचली भैरवको जात्रा अहिले पनि धुमधाम चल्छ । पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरु पनि लुकेका कारण खुल्न सक्छन् ।’

स्थानीय विक्रमदास मानन्धरका अनुसार यो करिव २०२४ सालतिर छोपिएको हो । त्यसअघिसम्म खाडलका चारतिर ढुङ्गाका थाम थिए । सहरीकरण बढ्दै गएर सडक साँघुरो महसुस भएपछि खाडलमाथि स्ल्याप राखेर पुरिएको हो । यसरी पुरिएको ठाउँमा एउटा सानो प्वाल राखिएको थियो । मानिसहरु त्यही प्वालबाट सिक्का चढाएर श्रद्धा अर्पण गर्ने गर्थे ।

पूर्ववडाध्यक्ष किरण श्रेष्ठ भन्नुहुन्छ, ‘शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेका थिए । यहाँ गाडिएका ४ ढुङ्गे खम्बाहरु हरेक खम्बा १ सय जना शंकराचार्यका गणका प्रतीक मानिन्छन् । उनी यहीँ मारिकाले व्रह्महत्याको दोष लागेको यस ठाउँमा जनै गाडिएको मान्यता पनि छ ।’

वाणा र शंकराचार्यको युद्धमा भैरव कसरी आए त? सिलसिलावद्ध कथा कसैले सुनाउन सक्नु भएन । सम्बन्ध नजिकको कथा सुनाउँदै विक्रमदासले भने, ‘४ सय शंकराचार्य गण मारिएपछि यो सन्देश शिवलाई पुग्यो । यसपछि शंकराचार्यको भेष धारणा गरेर शिव युद्ध स्थलमा आउनुभयो । उहाँले युद्ध गर्दा वाणामा शक्ति धेर भएको महसुस भएपछि अन्तरदृष्टिले हेर्दा कमण्डलुमा राखिएकी सरस्वतीको सहयोग प्राप्त भएको थाहा भयो । यसपछि शिवले कमण्डलुको पानी घोप्ट््याएर वाणालाई सरस्वतीको सहयोग टुटाउनु भएको र युद्ध जितेपछि शिवले भैरव रुप धारण गरेर यहाँ रहनुभएको हो ।’

पूर्ववडाध्यक्ष श्रेष्ठले कथा मिल्दो तर ठाउँ फरक भएको प्रसङ् सुनाउँदै भने, ‘शंकरकीर्ति विहारको माथिल्लो तलामा पर्दाले छोपेर वाणाले सरस्वतीसँग सहयोग लिनुभएको थियो । यो थाहा पाएर शंकराचार्यको रुप धारण गरेका शिवले पर्दा खालेर सरस्वतीको सहयोगबाट वाणालाई मुक्त गराए । त्यसपछि वाणाको पराजय भयो । सरस्वतीलाई लाजिम्पाटमा लगेर स्थान दिए । अहिले यो ठाउँ नील सरस्वतीका नामले परिचित छ ।’

‘शंकरकीर्ति विहार’ नामको अर्थ खोज्ने हो भने पनि शंकरसँग केही सम्बन्ध केलाउन सकिन्छ । यो नाम शंकरकीर्तिले हिन्दूमार्गी र विहारले बौद्धमार्गी भाव जनाउँछ । यसरी हेर्दा चारढुङ्गेसँग विहारको सम्बन्ध जोडेर प्राचीनता खोजी गर्न सक्ने देखिन्छ ।

चार ढुङ्गे मात्र होइन । यहाँबाट प्रहरी प्रधान कार्यालयतर्फ लाग्दा पुगिने प्रहरीको कम्पाउण्डसँगै जोडिएको चोक २ सिंह रहेको ठाउँ हो । वडाध्यक्ष श्रेष्ठ भन्छन्,, ‘उत्तरबाट दक्षिणतर्फ कुनै कालो छायाँ (धार्मिक मान्यताअनुसार नकारात्मक तत्व) प्रवेश नगरुन् भनेर एक जोडा सिंह उत्तर फर्काएर राखिएको थियो । सहर विस्तारसँगै ती सिंहहरु पनि हराएका छन् । अब ती सिंहको विषय पनि उठान गर्छौँ ।’

पाका उमेरका मानिसहरु यस ठाउँलाई अहिले पनि सिंह दोबाटो भन्ने गर्दछन् । यसलाई पुनरुत्थान गरेर नक्साललाई सम्पदा मार्ग बनाउने योजना कार्यान्वयनमा लैजाने वडाको योजना रहेको वडा सदस्य रोशन श्रेष्ठ बताउँछन् ।

तस्विर : अमृत पाण्डे

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host