Outline Khabar
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
                                                       
No Result
View All Result

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

काठमाडौं । भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पहिलो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेका हुन्।

सोमबार दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यअनुसार भारतले ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान र ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको ऋण उपलब्ध गराउनेछ। अनुदान रकम विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनामा खर्च हुनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनामा परिचालन गरिनेछ। कुन परियोजनामा कति रकम खर्च गर्ने भन्ने विषय भने आपसी छलफलबाट टुंग्याइनेछ।

Subisu

भारतको यो प्रतिबद्धतासँगै नेपालको ऊर्जा, यातायात, पारवहन र सीमा पूर्वाधारमा भारतीय सहकार्य विस्तार हुने भएको छ। दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ नामको संयुक्त दृष्टिकोणपत्र पनि स्वीकार गरेका छन्। यसले आर्थिक साझेदारी, ऊर्जा, जलस्रोत, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल सेवा, स्टार्टअप र अन्तरिक्ष प्रविधिसम्मका क्षेत्रमा सहकार्यको मार्गचित्र तय गरेको छ।

हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार

नेपाल र भारतबीच हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई अब दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ। यसको प्राविधिक पक्ष र कार्यान्वयनको मोडालिटी दुवै देशका अधिकारीले टुंग्याउनेछन्।

नेपालको पारवहन व्यापारका लागि भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ मार्ग उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार बनेपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच खुल्नेछ।

रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको घोषणा गरिएको छ। नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा पनि भारतले सहकार्य गर्नेछ। यसैगरी अयोध्यादेखि जनकपुरसम्म सरयू–कमला एक्सप्रेस रेलसेवा सुरु गरिएको छ। बौद्ध र शिवशक्ति धार्मिक पर्यटन सर्किट विकास गर्ने सम्भावनासमेत खोजिने भएको छ।

सीमा पूर्वाधारतर्फ भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई पनि अघि बढाइनेछ। भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। सीमा स्तम्भको मर्मत तथा व्यवस्थापनमा भइरहेको संयुक्त कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्याबारे परराष्ट्र सचिवहरूले काम गर्ने सहमति पनि भएको छ।

ऊर्जा क्षेत्रमा ऋण, तीन ठूला जलविद्युत् आयोजनामा जोड

भारतले उपलब्ध गराउने ऋणमध्ये ११ हजार ५०० करोड भारतीय रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनामा खर्च हुनेछ। भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याएर कार्यान्वयन अघि बढाउने सहमति भएको छ। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई पनि तीव्रता दिइनेछ। यी आयोजनाबाट जलस्रोतको उपयोगसँगै बाढीको प्रभाव न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली अन्तरदेशीय उच्च क्षमताका दुई प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिलाई दुवै देशले स्वागत गरेका छन्।

पेट्रोलियम पूर्वाधारमा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। झापामा पेट्रोलियम भण्डारण केन्द्र निर्माणको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण चाँडै सुरु गर्ने सहमति भएको छ। ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिनेछ।

नेपालमा आईआईटी क्याम्पस, चितवनमा औद्योगिक पार्क

भारतले नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ। यसले प्राविधिक शिक्षाको क्षमता विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतकै अनुदान सहयोगमा चितवनमा एग्रो–इन्डस्ट्रियल पार्क स्थापना गरिनेछ।

दुई देशले बैंकिङ तथा दूरसञ्चार सेवामा एकअर्काको देशमा बसोबास गर्ने नागरिकलाई सहज पहुँच उपलब्ध गराउने विषयमा पनि सहकार्य गर्ने भएका छन्। स्टार्टअप, डिजिटल सेवा र वित्तीय सम्पर्क विस्तारलाई समेत प्राथमिकता दिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

ताजा समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host