Outline Khabar
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर ९, २०८३
Tuesday, November 24, 2026
                                                       
No Result
View All Result

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

काठमाडौँ । रुघाखोकी लाग्दा होस् वा ज्वरो आउँदा, धेरैले एन्टिबायोटिक खान्छन्। कतिपयले डाक्टरको सल्लाहबिनै औषधि किन्छन् त कतिपयले बीचमै औषधि खान छाड्छन्। यही बानीले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बनाउने जोखिम बढाएको जनस्वास्थ्यविद्हरूले बताएका छन्।

एन्टिबायोटिकको जथाभावी प्रयोगले ब्याक्टेरियामा औषधि प्रतिरोध गर्ने क्षमता बढ्दै गएको छ। यसलाई एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) भनिन्छ। यस्तो अवस्था बढ्दै गए सामान्य संक्रमण निको पार्न पनि महँगा र शक्तिशाली औषधि प्रयोग गर्नुपर्ने हुन सक्छ।

Subisu

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग र जनस्वास्थ्य सरोकार ट्रष्टले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले यसबारे चिन्ता व्यक्त गरे।

महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री रोक्नुपर्ने बताए। उनले काठमाडौं उपत्यकाभर यस्तो व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।

एन्टिबायोटिक ब्याक्टेरियाबाट हुने संक्रमणमा प्रयोग गरिन्छ। रुघाखोकी, इन्फ्लुएन्जा र भाइरल ज्वरोमा यसले काम गर्दैन। तर यस्ता समस्यामा पनि एन्टिबायोटिक खाने र औषधिको मात्रा पूरा नगर्ने बानीले प्रतिरोधको जोखिम बढाउँछ।

विश्व स्वास्थ्य संगठनको सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२३ मा परीक्षणबाट पुष्टि भएका ब्याक्टेरियाजन्य संक्रमणमध्ये विश्वभर करिब ६ मध्ये एउटा एन्टिबायोटिक प्रतिरोधी थियो।

नेपालमा सन् २०२१ मा एएमआरसँग प्रत्यक्ष सम्बन्धित करिब ४ हजार ७०७ जनाको मृत्यु भएको अनुमान छ। प्रतिरोधसँग सम्बन्धित अन्य कारणसमेत जोड्दा यो संख्या १९ हजार ५७९ पुग्ने अनुमान गरिएको छ।

यसले निमोनिया, रगत र मूत्रनलीको संक्रमणको उपचार कठिन बनाउनुका साथै अस्पताल बसाइ लामो र उपचार महँगो बनाउन सक्छ। शल्यक्रिया, अंग प्रत्यारोपण र क्यान्सर उपचारमा समेत संक्रमणको जोखिम बढाउँछ।

कार्यक्रममा जनस्वास्थ्य सरोकार ट्रष्टकी वरिष्ठ माइक्रोबायोलोजिस्ट डा. बसुधा श्रेष्ठले एएमआरको अवस्था, प्रभाव र नियन्त्रणबारे प्रस्तुति दिएकी थिइन्। औषधि सूचना केन्द्रका इन्चार्ज त्रिलोचन पाण्डेले औषधिसम्बन्धी सूचनाको महत्त्वबारे जानकारी गराएका थिए।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले स्वास्थ्यकर्मीबाट सुरु गरिएको सचेतना अभियान औषधि विक्रेता र उपभोक्तासम्म पुर्‍याउने योजना रहेको बताए। शिक्षा विभाग प्रमुख नमराज ढकालले एएमआरसम्बन्धी विषय विद्यालय शिक्षामा समेत समेट्ने योजना सुनाए।

एएमआर मानिसमा मात्र सीमित समस्या होइन। पशुपन्छी पालन, कृषि र फोहोरपानीबाट समेत प्रतिरोधी सूक्ष्मजीव फैलिन सक्छन्। त्यसैले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई एकैसाथ हेर्ने ‘वन हेल्थ’ अवधारणामा जोड दिइएको छ।

नेपालले एएमआर नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना (२०२४–२०२८) अघि बढाएको छ। तर औषधिको बिक्री तथा प्रयोगमा कडाइ, प्रयोगशाला निगरानी र जनचेतना विस्तार नगरे यसको जोखिम नियन्त्रण गर्न कठिन हुने विज्ञहरूको भनाइ छ

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

ताजा समाचार

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयु–कमला एक्सप्रेस’, दुई देशबीच धार्मिक पर्यटन जोड्ने नयाँ रेल सेवा सुरु

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भैरहवा–लखनउ हवाई रुट अब दुईतर्फी हुने, दशक लामो प्रतीक्षा टुंगिने संकेत

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

मोदीलाई नेपाल भ्रमणको निम्तो, मिति कूटनीतिक माध्यमबाट तय हुने

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

भारतबाट नेपाललाई २४ हजार करोडको विकास सहयोग, ऊर्जा र पूर्वाधारमा लगानीको घोषणा

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

प्रहरी, प्रशासन र प्रविधिमा भारतसँग सहकार्य बढाउँदै नेपाल, आठ समझदारीमा हस्ताक्षर

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host