काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न प्रदेश र जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। मौविद्हरूका अनुसार हावाहुरीको समय निम्नानुसार अपराह्न ४ बजेदेखि बिहीबार बिहानसम्मको अवधिमा हावाहुरीको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार निम्न स्थानहरूमा हावाहुरीको बढी प्रभाव रहनेछ
सुदूरपश्चिम प्रदेशः कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्लाहरू।
लुम्बिनी प्रदेशः बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी र आसपासका जिल्लाहरू।
गण्डकी र बागमती प्रदेशः नवलपुर, चितवन र आसपासका क्षेत्र।
मधेश प्रदेशः बारा, पर्सा र धनुषासहितका जिल्लाहरू।
कोशी प्रदेशः झापा, मोरङ र आसपासका जिल्लाहरू।
मौसमी प्रणाली र प्रभाव
महाशाखाका अनुसार हाल नेपालमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतर्फ सर्दै जाने क्रममा छ। यसले गर्दा देशका धेरै ठाउँहरूमा प्रभाव पर्ने देखिएको छ।












