काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपां) ले पनि संविधान मस्यौदा कार्यदल बनाएको छ।
देवप्रसाद गुरूङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा रेखा शर्मा रहेको कार्यदल बनेको हो । कार्यदलम ागणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर विक्रम थापा, जगदेव चौधरी, रामबहादुर चौधरी सदस्य छन्।
गत फागुनमा सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बनेको नयाँ सरकारले संविधान संशोधनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकालको सुरुवातमै संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न एउटा विशेष कार्यदल गठन गरेका छन्। जसको संयोजकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह छन्। यो कार्यदले संविधान संशोधन बहसपत्र तयार पार्ने काम गरिरहेको छ।
कार्यदलले आफ्नो कार्ययोजना स्वीकृत गरिसकेको छ भने वैशाखको दोस्रो हप्तादेखि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव संकलन गर्ने कार्य सुरु गरेको छ।
कांग्रेसले पनि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १७ सदस्यीय संविधान संशोधन सुझाव समिति गठन गरिएको छ।
नेपालको संविधानको धारा २७४ बमोजिम, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता बाहेकका अन्य विषयमा संशोधन गर्न सकिन्छ। तर, यसका लागि संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मा दुई तिहाइ बहुमत आवश्यक पर्दछ। हालको संसद्मा रास्वपासँग ठूलो बहुमत रहे पनि पूर्ण दुई(तिहाइका लागि अन्य दलहरूको सहमति अनिवार्य देखिन्छ।












