काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल मिडियामा पोस्ट गर्दै स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) मा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘इरानले यो कुरा बुझ्न सकिरहेको छैन कि उसको नेता को हो, उनीहरूलाई यो स्वयं थाहा छैन।’
उनले अगाडि लेखेका छन्, ‘देशभित्र ‘कट्टरपन्थी’ र ‘उदारवादी’ हरूबीच निकै ठुलो खिचातानी चलिरहेको छ।’
ट्रम्पका मुख्य भनाइ
राजनीतिक अवस्थाः ट्रम्पका अनुसार, कट्टरपन्थीहरू युद्धको मैदानमा नराम्ररी हारिरहेका छन् र जो उदारवादी भनिएका छन्, उनीहरू त्यति उदार पनि छैनन्, तर उनीहरूले सम्मान पाइरहेका छन्। यो निकै अनौठो छ।
सामुद्रिक नियन्त्रणः ट्रम्पले भने, ‘होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण छ। अमेरिकी नौसेनाको अनुमति बिना त्यहाँबाट कुनै पनि जहाज आवतजावत गर्न सक्दैन।’
इरानमाथिको दबाबः उनले इरानले कुनै सम्झौता नगरेसम्म यो क्षेत्र पूर्ण रूपमा बन्द रहने समेत बताएका छन्।
इरानी प्रतिक्रियाः जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल ुएक्सुमा पोस्ट गर्दै ट्रम्पको यस दाबीलाई ‘क्रेजी’ भनेको छ।












