काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री र सांसदबाट हरेक महिना ३२ लाख ९१ हजार रुपैयाँ लेबी संकलन गर्ने भएको छ।
रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरूबाट मासिक १८ हजार र सांसदबाट १६ हजार ५ सय रुपैयाँ लेबी उठाउने निर्णय गरेको छ। एकल सरकार बनाएको रास्वपाबाट प्रधानमन्त्रीसहित १६ मन्त्री छन्। त्यस्तै समानुपातिकसहित १८२ सांसद छन्।
मन्त्रीका स्वकीय सचिवका लागि समेत मासिक २ हजार रुपैयाँ लेबी तोक्ने निर्णय गरेको रास्वपा महामन्त्री कबीन्द्र बुर्लाकोटीले बताए। सांसदहरूले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था कार्यान्वयनमा आएमा उनीहरूबाट पनि मासिक २ हजार रुपैयाँका दरले लेबी संकलन हुनेछ।
प्रतिनिधिसभाका सांसदहरूको नियमित तलब ६७ हजार रुपैयाँ हुन्छ भने अन्य भत्ता पनि हुन्छ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



