काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको ज्यान गएमा उनमा आश्रित परिवारलाई क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।












