काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गर्दै तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश गरेको छ। युएईले सामाओलाई पराजित गरेपछि नेपाल दुई खेल अगावै विश्वकपमा छनोट भएको हो।
यससँगै नेपालले लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको छ। प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीले उत्कृष्ट बलिङ र फिल्डिङका आधारमा सुपर सिक्स चरणमा शानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हो।
ओमानको मैदानमा नेपालले पुरानो इतिहास मेट्दै नयाँ अध्याय लेखेको छ। अब नेपालको लक्ष्य विश्वकपमा सुपर–१२ मा स्थान बनाउने रहेको छ।












