काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन्। उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको छ ।
उनको शुक्रबारदेखि नै भर्ना गरेर उपचार भइरहेको छ । घाँटीको समस्या देखिएपछि सुरुमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु उपचारमा संलग्न भएका थिए। ’सुरुमा उनको घाँटीमा संक्रमण देखिएको थियो,’ एक चिकित्सकले भने, ’लिम्फ नोड सुन्निएको पाइएको थियो। त्यसको उपचार भइरहेको छ।’
अहिले घाँटीको उक्त समस्या सुधार हुँदै गएको बताइएको छ। घाँटी र फोक्सोसँग सम्बन्धित थप चेकजाँच भने जारी रहेको बताइएको छ।
आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।












