एजेन्सी । भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान विस्फोट भएको हो। स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए।
विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरू फसेका हुन्। अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन्। दुई दर्जन भन्दा धेरै मानिसहर फसको आशंका गरिएको छ। घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।
विस्फोटको आवाज पाँच किलोमिटरसम्म सुनिएको थियो। भारतका रक्षामन्त्री राजनाथ सिंहले विस्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



