टुक्रिएका पहाडका पाखा-पखेरा,
तराईका फराकिला फाँट
जोड्न आए, वीर गोरखाली,
पृथ्वी नारायण शाह, हाम्राे बिछट्टकाे नक्षत्र।
चार जात, छत्तीस वर्णकाे साझा फूलबारी,
तिमीले बोलेका ती शब्दहरू
आज पनि गुञ्जिन्छ मन-मनमा,
तिमीले देखाएकाे सपनाको उज्यालोमा।

एकताको सूत्र, नेपाली पहिचान,
नक्सामा देखिने तिम्राे त्यो योगदान।
कसरी बिर्सनु, इतिहासकाे त्यो पाना,
जहाँ देशकाे माटा तिम्राे परिश्रमले सजिएको छ।
तिम्रा ती दुर्गम पाइलाहरू,
रहरले नभई दायित्वले चलेका।
कुनै एक गुम्बा, कुनै एक देवालय,
सिर्जना गर्दै साझा भूमि निर्माणकाे परिकल्पना।
“देश सानो छ, तर वीरताले भरिपूर्ण छ,”
तिम्राे वाणी, हाम्राे आत्मविश्वास।
नेपाली हुनुको गर्व, तिमीले दिलाएकाे,
पृथ्वी नारायण, तिमी हाम्राे एकताको इतिहास।
तिम्राे त्याग, तिम्राे वीरता,
शताब्दीपछि पनि अमर छ।
तिमी जिउँदै छाै, नेपालीकाे रगतमा,
तिमी हाम्राे सम्मान, तिमी हाम्राे हृदयकाे आधार।
शत-शत नमन, हे एकता बाँध्ने सपूत,
पृथ्वी नारायण शाह, तिमी सधैं अमर छाै।
✍️ सुदिप बि.क
लमजुङ बेसिशहर












