Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

वीपी कोइराला स्मृति कप क्रिकेट शुरुः भारत र नेपालको सानदार विजयी सुरुवात

चन्द्रकान्त खनाल

वीपी कोइराला स्मृति कप क्रिकेट शुरुः भारत र नेपालको सानदार विजयी सुरुवात

रुपन्देही । चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएको छ । उसले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
यस्तै, दोस्रो खेलमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ ।

Subisu

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल बनायो । उसका लागि ऋषभ जोशीले ४६ र अली हुसेनले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा भारतको लाइफ केयरका रोहित डङ्गवालले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, योगेश कुमार र सक्षमले समान ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भारतको लाइफ केयरले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ९० रन जोड्दै सहजै लक्ष्य भेट्टायो । उसको जितमा दीपक पुनियाले २५ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, दीपान्सु फोरेले २१ रनको योगदान दिए । बलिङमा पाकिस्तानको जावेद गोहारका इमरान नाजिरले १ विकेट लिए । खेलमा भारतका रोहित डङ्गवाल म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा शंकर रानाको उत्कृष्ट ब्याटिङ र साहब आलमको बलिङको मद्दतमा नेक्सस रुपन्देही–११ नेपालले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ९ विकेटले पराजित गर्यो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाका अधिकांश ब्याटर नचल्दा निर्धारित खेलमा ९ विकेटको क्षतिमा जम्मा ८६ रन मात्रै जोड्यो ।

जसमा राज विरा र समानेरा परेराले १६–१६, नानी वासुपल्लीले १५, समन कुमाराले १४ र इन्दुनिल प्रसादले १२ रन जोड । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देही नेपालका साहब आलमले ४ ओभरमा ९ रन खर्चेर ३, दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २–२ तथा वसिर अहम्मदले १ विकेट लिए ।

प्रतिउत्तरमा नेक्सस रुपन्देही नेपालले ७ ओभर ५ बलमा १ विकेट गुमाउँदै ८७ रन बनाई जित निकाल्यो । उसका लागि शंकर रानाले २८ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ खेली नटआउट रहे । उनले १७ औं ओभरमा लगातार ४ छक्का समेत प्रहार गरेका थिए ।

यस्तै, सुमित महर्जनले ३१ रन बनाई नटआउट रहन सफल भए । बलिङमा श्रीलंकाका समानेरा परेराले १ विकेट लिए । नेपालका साहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्तिक १० गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागिता छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोता आयोजना गरिएको बताए ।

शाहीका अनुसार प्रतियोगितामा पाकिस्तानको राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपीएल खेलेका खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) ले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर जीवनपर्यन्त गरेको संघर्षको सम्झना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै १ करोड २० लाख खर्च लाग्नेछ । सिद्धार्थनगर नगरपालिकाको सहकार्य, पर्यटन बोर्डको प्रवद्र्धन र मौर्य होटल भैरहवाको आतिथ्यतामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host