Outline Khabar
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
                                                       
No Result
View All Result

निरन्तर भइरहेका सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

निरन्तर भइरहेका सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

काठमाडौं । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढी रहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषदको यथाशिघ्र गठन लगायतका देशको सडक सुरक्षाको दीगो समाधानको मागसहित ध्यानाकर्षण गराइएको हो ।

Subisu

गत असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ । त्रिशुली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन्।

देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरूद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा अभियन्ताहरूले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन प्रधानमन्त्रीलाई सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले आग्रह गरेका छन्

सडक सुरक्षाको स्थिति र समस्या

विगत १० वर्षको अवधिमा मात्रै, प्रहरी तथ्यांकअनुसार, करिब २४,००० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका ज्ञापनपत्रमा उल्लेख छ भने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै एकै वर्षमा करिब एक लाख जना सडक दुर्घटनाबाट घाइते भइ उपचारका लागि स्वास्थ्य संस्थामा आउने भयानक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

नेपालमा फुटकर हताहती गराउने खालका सडक दुर्घटनाका घटना धेरैको ध्यानाकर्षण नै नहुने अवस्थामा छ। तर धेरै मानिसको मृत्यु वा घाइते भएका कारण चर्चित भएको नारायणगढ़–मुग्लिङ्ग सडक खण्डमा यात्रुसहित त्रिशुलीमा खसेर बेपत्ता भएको घटनालाई नेपालको सडक यातायात इतिहासमा कालो दिनको रूपमा सम्झिइरहने स्मरण गराइएको छ ।

ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब ८,५०० जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौं प्रत्यक्ष प्रभावितका परिवार र आफन्त गरी लाखौं मानिसहरू सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ । विश्व बैंकको अध्ययन अनुसार नेपालमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जी.डि.पी.) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति भएको उल्लेख गर्दै यसको आर्थिक पक्षलाई पनि स्मरण गराइएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एशियाली क्षेत्रीय कार्यालयद्वारा गत हप्ता मात्रै सार्वजनिक गरिएको यस क्षेत्रका राष्ट्रहरुमा सडक सुरक्षाको स्थितिसम्बन्धी प्रतिवेदनले नेपालमा सडक यातायात, सडक दुर्घटना र सडक सुरक्षामा सुधारका सूचकहरुको दयनीय अवस्था उजागर गरेको छ ।

उक्त कार्यालयको WHO South–East Asia Regional status report on road safety -2024 नामक क्षेत्रीय प्रतिवेदनले सडक सुरक्षाका विश्वव्यापी १२ सूचकहरू (ग्लोबल रोड सेफ्टी परफरमेन्स टार्गेट्स) को क्षेत्रीय तुलनामा नेपालको प्रगति सबै देशमध्ये निराशाजनक रहेको देखाएको छ ।

उक्त प्रतिवेदनअनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनाबाट मृत्युको दर २८ भन्दा पनि बढी आँकलन गरेको छ, जुन विश्वमै उच्च मृत्युदर हो । भारतलगायत छिमेकी देशहरुले सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत दश वर्षमा मृत्यु दर २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

समस्याका प्रमुख बुँदाहरू

१. सडक सुरक्षामा कमीः प्रहरी तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा करिब २४,००० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका छन्। फरक तथ्यांक अनुसार एकै वर्षमा ८,५०० मृत्यु र एक लाख जना घाइते हुने अवस्था रहेको ।

२. बालबालिका र दुर्घटनाः सडक दुर्घटनामा हुने समग्र हताहतीको १०% संख्या १५ वर्ष मुनिका बालबालिकाको रहेको छ, जसमा धेरैजसो यात्रु वा पैदलयात्री हुन्छन्। बालबालिकाहरूले मोटरसाइकल वा स्कुटरमा असुरक्षित तरिकाले यात्रा गर्ने बाध्यता रहेको ।

३. आर्थिक भारः सडक दुर्घटनाका कारण जी.डि.पी. को करिब ३% बराबरको वार्षिक क्षति भई गरीबी न्यूनीकरणमा अवरोध भइरहेको छ ।

४. यातायात सुरक्षा ऐन कार्यान्वयनमा अवरोधः सडक सुरक्षा ऐन (२०७३) ८ वर्षअघिदेखि मस्यौदाको रूपमा अलपत्र परेको छ।

५. ट्राफिक प्रहरीको अभावः केही शहरी क्षेत्रबाहेक देशैभरिका सडकहरूमा ट्राफिक प्रहरीको उपस्थिति नभएका कारण सडक नियमपालनामा समानता र कडाई गर्न समस्या भइरहेको छ।

उक्त ज्ञापन पत्रमा माग गरिएका समाधानका दीर्घकालीन उपायहरूमा

क) सडक सुरक्षा ऐन पारित गरी, कार्यान्वयन गर्ने,

ख) स्वतन्त्र, कार्यकारी, व्यावसायिक तथा विज्ञहरु सहितको सडक सुरक्षा परिषद गठन गर्ने, ग) राष्ट्रिय सडक सुरक्षा कार्ययोजना अनुमोदन गरी सरोकारवालासँग सहकार्य गर्ने,

घ) सवारी साधनको फिटनेश टेस्टिङ सेन्टर र मोटर टेस्ट सर्टिफिकेशन व्यवस्था गर्ने,

ङ) सार्वजनिक यातायातको सुधार गर्ने र गुणस्तर वृद्धि गर्ने,

च) एकिकृत र वैज्ञानिक यातायात प्रणाली, दिगो सडक र सुरक्षित यातागात नीति पुनरावलोकन कार्यदल बनाउने,

छ) सडक सुरक्षासम्बन्धी राष्ट्रसंघीय सन्धि तथा अभिसन्धिहरु अनुमोदन र कार्यान्वयन गर्ने,

ज) ड्राइभिङ्ग स्कुलको क्षमता वृद्धि र नयाँ चालकलाई वैज्ञानिक प्रशिक्षण विधि अपनाउने,

झ) बसको बडीको गुणस्तर मापदण्ड निर्धारण र अटोल्याण्डको व्यवस्था

ञ) देशभरीका सडक संजालको सुरक्षा म्यापिङ्ग र अडिट गर्ने प्रष्ट निर्देशनका लागि जोडदार माग गरिएको छ ।

यसैगरी उक्त ज्ञापन पत्रमा हाल सडक यात्रामा निरन्तर बढ्दो जोखिम र रक्तपात एवम् युवा जनशक्तिलाई देशमैं रोजगार दिन तत्काल देशैभरी ७,००० ट्राफिक प्रहरी वा यातायात निरीक्षक भर्ना गरी सम्पूर्ण क्षेत्रमा खटाउने, उच्च जोखिमयुक्त राजमार्ग र सहायक मार्गमा २४ घण्टा निगरानी हुने गरि सीसीटीभी राख्ने, लेन अनुशासन र अधिकतम गति सीमा अनुगमन गर्ने प्रणाली सुनिश्चित गर्ने, चालकद्वारा मादक पदार्थ वा लागू पदार्थ सेवनलाई कडा दण्डनीय बनाई लागू गर्ने, बालबालिकासमेत मोटरसाइकल सवार सबैका लागि गुणस्तरीय हेलमेट प्रयोग अनिवार्य गर्ने, प्रमुख शहरहरूमा सवारी साधनको यान्त्रिक अवस्था जाँच केन्द्र स्थापना गर्ने, दुर्घटनाको उद्धार एवम् प्रतिकार्यको रणनीति र कार्यविधि प्रष्ट गरी तुरून्त कार्यान्वयन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रका हस्ताक्षरकर्ताहरूले प्रधानमन्त्रीलाई थप निम्न विषयमा पनि निर्देशनका लागि अनुरोध गरेका छन्

क).विद्यालय, सडक र सवारी साधनको स्टार रेटिङ्ग गर्ने, ख).पैदलयात्रु, साइकल चालक, ह्वीलचियर र सेतो छडी प्रयोगकर्तालाई प्राथमिकता दिने कार्यविधि बनाउने,

ग).असिमित विमा व्यवस्था र निशुल्क कानुनी सहायताको व्यवस्था गर्ने,

घ).स्वास्थ वीमाले दुर्घटनाका क्षेत्र समेत समेट्ने कार्यविधि बनाउने, ङ) अन्तराष्ट्रिय ड्राइभिङ्ग परमिट (आइडिपी) जारी गर्ने व्यवस्था र निकायको छनोट गर्ने

च).यातायात श्रमिककको उचित ज्याला, सामाजिक सुरक्षा र जविनवृत्तिको व्यवस्था गर्ने ।

सडक सुरक्षा अभियानकर्ताहरूले दुर्घटना रोकथाम र सुरक्षा सुधारका लागि द्रुत र प्रभावकारी उपायहरू अवलम्बन गरेर सडक दुर्घटना कम गरेर देशको सडक यातायात सुरक्षित भएको प्रत्याभूति गर्न सकेमा नेपालमा पर्यटकहरूको थप आकर्षण भइ देशको आर्थिक प्रगतिलाई विशेष टेवा पुग्ने र समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन बल पुग्ने तर्क पनि गरिएको छ ।

उक्त ज्ञापनपत्र संयुक्त राष्ट्र संघपूर्व सहायक महासचिव कुलचन्द्र गौतम, जेनेभास्थित विश्व स्वास्थ्य संगठनका पूर्व निर्देशक डा.शम्भु आचार्य, प्रमुख, विश्व खाद्य कार्यक्रमको भारतस्थित कार्यालयका पूर्व प्रमुख विश्व पराजुली, वरिष्ठ पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, डा.अरुणा उप्रेती, डा.चेत राज पन्त, एनआरएनए आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापा, बेलायतस्थित हडर्सफिल्ड विश्वविद्यालयका डीन प्रा.पदम सिम्खडा, कील विश्वविद्यालय, युकेकी प्राध्यापक डा प्रियम्वदा पौड्याल, बेलायतस्थित सडक सुरक्षा अनुसन्धानकर्ता डा.पुष्पराज पन्त, डा.अम्बिका पी. अधिकारी (अमेरिका), डा.श्याम थापा (अमेरिका), डा.यादव पण्डित (अमेरिका), डा द्रोणप्रकाश रसाली (क्यानाडा) नरेश कोइराला (क्यानाडा), वरिष्ठ हाड जोर्नी विशेषज्ञहरु डा.बुलन्द थापा, डा.चक्र राज पाण्डे, न्युरो सर्जन डा.निकुञ्ज योगी, युवा वैज्ञानिक डा.समीरमणि दीक्षित, लक्ष्मी प्रतिस्ठानका अध्यक्ष बिष्णु गौतम, सडक सुरक्षा अभियानकर्ता गोविन्द भट्टराई, इ आशिष गजुरेल, पद्मकन्या क्याम्पसकी उप प्राध्यापक भगवती सेढाई, पत्रकारहरु बबिता बस्नेत, चन्द्र किशोर, भगीरथ योगी, गजेन्द्र बुढाथोकी, बिमला तुम्बेखा लगायतले प्रेषित गरेका हुन्।

हस्ताक्षरकर्ताहरूः

डा.अम्बिका पी. अधिकारी, शहरी योजनाविद्, सिटी अफ टेम्पी, एरिजोना, संयुक्त राज्य अमेरिका
डा.अरूणा उप्रेती, जनस्वास्थ्य विशेषज्ञ, पोषण एवम् महिला स्वास्थ्य अभियन्ता, काठमाडौं
आर पी पन्त, चलचित्र निर्देशक एवम् कलाकार, काठमाडौं
इ.आशिष गजुरेल, शहरी यातायात विज्ञ, काठमाडौं
कुलचन्द्र गौतम, पूर्व सहायक महासचिव, संयुक्त राष्ट्र संघ
कनकमणि दीक्षित, वरिष्ठ पत्रकार तथा अध्यक्ष, साझा यातायात, काठमाडौं
इ.कृष्णसिंह बस्नेत, संयोजक, नसा फाउन्डेशन, नेपाल
गजेन्द्रसिंह बुढाथोकी, प्रधान सम्पादक, टक्सार म्यागाजीन, काठमाडौं
गोविन्द भट्टराई, सदस्य, अन्तरराष्ट्रिय अटोमोबाइल फेडरेशन  वर्ल्ड काउन्सिल
डा.चक्रराज पाण्डे, वरिष्ठ हाड जोर्नी विशेषज्ञ, काठमाडौं
चन्द्रकिशोर, वरिष्ठ पत्रकार तथा लेखक
चेतराज पन्त, अध्यक्ष, नेपाल नेत्रज्योति संघ, काठमाडौं
जगन कार्की, बाथ स्पा विश्वविद्यालय, बेलायत
डा.तारालाल श्रेष्ठ, साइकल कल्चर मुभमेन्ट, नेपाल
दिनेश पाण्डे, महासचिव, सुरक्षित यात्रा अभियान, नेपालगंज
डा.द्रोणप्रकाश रसाली, शिक्षा, जनसंख्या तथा जनस्वास्थ्य विज्ञ,  क्यानाडा
नरेश कोइराला, नेपाल लाइब्रेरी फाउन्डेशन, क्यानाडा
डा.निकुञ्ज योगी, प्रमुख, न्युरोसर्जरी विभाग, न्युरो अस्पताल, काठमाडौं
निखिल उप्रेती, कलाकार
निरञ्जन गौली, सडक यातायात सुरक्षा इन्जिनियर, अवैतनिक महावाणिज्यदूत, भिक्टोरिया,
डा.पदम सिंखडा, प्राध्यापक एवम् डीन, हडर्सफिल्ड विश्वविद्यालय, बेलायत
डा.पुष्पराज पन्त, सडक सुरक्षा अनुसन्धानकर्ता, ब्रिस्टल, बेलायत
डा.प्रियम्वदा पौड्याल, प्राध्यापक तथा निर्देशक, इन्स्टिच्युट फर ग्लोबल हेल्थ एंड वेलबिइङ्ग, कील विश्वविद्यालय, युके
इ.प्रेम लम्साल, वरिष्ठ हाइवे इन्जिनियर, बेलायत
बबिता बस्नेत, सम्पादक, घटना र विचार साप्ताहिक, काठमाडौं
बिपिन गौतम, पूर्व नायव प्रहरी उपरीक्षक; नासा नेपाल फाउण्डेशन, काठमाडौं
बिमला तुम्बेखा, अध्यक्ष, संचारिका समूह, नेपाल
बिष्णु गौतम, अध्यक्ष, लक्ष्मी प्रतिष्ठान, काठमाडौँ
डा.बुलन्द थापा, वरिष्ठ हाड जोर्नी विशेषज्ञ तथा वरिष्ठ उपाध्यक्ष, नेपाल अटोमोबाइल एसोसियसन
भक्त गुरूङ, अध्यक्ष, प्रवासी नेपाली एकता मंच, बेलायत
भगवती सेढाई, उप प्राध्यापक, पद्मकन्या क्याम्पस, काठमाडौं
भगीरथ योगी, पूर्व संवाददाता, बीबीसी नेपाली सेवा
मनोज गौतम, संरक्षण पर्यटन उद्यमी
डा.यादव पण्डित, अध्यक्ष, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन
डा राजु अधिकारी, संस्थापक अध्यक्ष, नेप्लिज एसोसियशन अफ भिक्टोरिया, अष्ट्रेलिया
रितु भट्टराई, स्वतन्त्रता अभियान नेपाल, काठमाडौं
डा.ललिता थकाली, शहरी यातायात विज्ञ, अन्टेरियो, क्यानाडा
विश्व पराजुली, पूर्व प्रमुख, विश्व खाद्य कार्यक्रम, भारत
विश्वजीत तिवारी, सूचना तथा मानव अधिकार सेवा केन्द्र, नेपालगंज
डा.शम्भु आचार्य, पूर्व निर्देशक, विश्व स्वास्थ्य संगठन, जेनेभा
डा.श्याम थापा, पूर्व वैज्ञानिक, विश्व स्वास्थ्य संगठन, जेनेभा
सरोज दाहाल, सम्पादक, आउटलाइन खबरडटकम
सुशील प्याकुरेल, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग
डा.समीरमणि दीक्षित, वैज्ञानिक, कलाकार एवम् टेलिभिजन प्रस्तोता
डा.सुनीलकुमार जोशी, कम्युनिटी मेडिसिन विभाग, काठमाण्डू मेडिकल कलेज
हिक्मत थापा, पूर्व कोषाध्यक्ष, एनआरएनए आइसीसी तथा ग्रुप जनरल म्यानेजर, डांगोटे इन्डष्ट्रिज लिमिटेड, नाइजेरिया

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

ताजा समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host