Outline Khabar
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
                                                       
No Result
View All Result

पर्यटन मन्त्री पाण्डेद्वारा विमानस्थलको निरीक्षण

पर्यटन मन्त्री पाण्डेद्वारा विमानस्थलको निरीक्षण

चन्द्रकान्त खनाल
रुपन्देही । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।

Subisu

निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए ।

उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेयले भिस्सा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए ।

बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको बताए । निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न निर्देशन दिए ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफूहरुका तर्फबट बौद्ध राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चीन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।

मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूती दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए ।

उक्त अवसरमा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उहाले विमानस्थल नेपालको पुर्वमा चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।

उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलाइसम्म ९२३ जनमले मात्रै उडान भरेका छन् ।

निरीक्षणमा सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खाँन, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्री, नागरिक उडडयन प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।

मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नु भएको थियो । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको छ ।

यसअघि लुम्बिनी विकास कोषका तर्फबाट उपपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई विमानस्थलमा स्वागत गरेको थियो । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका हुन् ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डे बुद्वजन्मस्थल लुम्बिनी आउनु भएको हो । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा कोषको परिषद बैठक बस्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

अन्तर सरकारी वित्त परिषद्को १६ निर्णयः वित्तीय अनुशासन र समन्वय सुदृढ बनाइने

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

कानुन निर्माण नगरेरै सम्पत्ति छानबिन आयोग बनेपछि कांग्रेसले जनायो आशंका, कार्यपालिकाको हस्तक्षेप निम्तिने जोखिम

रास्वपालाई निर्वाचन आयोगको झड्का, चुनावी प्रचारमा घण्टी बजाउँदै हिँड्न नपाइने

रास्वपाले उठाउनेछ हरेक महिना ३२ लाख ९१ हजार लेबी

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनले लेखे- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

गगनले कांग्रेस सभापतिबाट दिएको राजीनामा अस्वीकृत

निश्चित अवधिका लागि कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः उर्जामन्त्री खड्का

कांग्रेस नेता दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host