Outline Khabar
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026
                                                       
No Result
View All Result

क्यान्सर र सकारात्मक सोंचबारे रत्नराज्य र रोटरीको संयुक्त अन्तरक्रिया

क्यान्सर र सकारात्मक सोंचबारे रत्नराज्य र रोटरीको संयुक्त अन्तरक्रिया

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको आयोजना र रोटरी क्लब अफ दरबारमार्गको सहयोगमा बिहीवार क्यान्सर र सकारात्मक सोंचबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रत्नराज्य माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा क्यान्सर रोगका कारण, लक्षण र उपचारबारे वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा.राजेन्द्र प्रसाद बरालले बताए ।

Subisu

रोटरी क्लब अफ दरबारमार्गका चाटर्ड प्रेसिडेन्ट अर्थात संस्थापक अध्यक्षसमेत रहेका डा.बरालले समयमै उपचार गर्न सके निको पार्न सकिने रोग भएको बताए । जोकोही क्यान्सर विरामी क्यान्सरलाई जित्छु, जित्न सक्छु भन्ने उच्च आत्मविश्वासका साथ उपचारमा लाग्यो भने क्यान्सर रोगमाथि बिजय प्राप्त गर्न सकिन्छ, प्राप्त गरेका उदाहरण प्रशस्त छन्, डा. बरालको भनाइ थियो ।

चिकित्सा विधिले गर्ने उपचारको महत्वपूर्ण पक्ष त छदैछ, त्यसका अतिरिक्त क्यान्सर रोग लागेका विरामीले पनि आफ्नो मनस्थितिलाई बलियो पार्नुपर्छ, जसले बिरामीमा रोग प्रतिरोधात्मक क्षमता विकास भएर जान्छ ।

क्यान्सर जस्तो रोगलाई जितेर आ आफ्नो क्षेत्रमा क्रियाशिल रहेका क्यान्सर सरभाइभर विभिन्न व्यक्तित्वहरुको उदाहरण दिँदै डा.बरालले भने, ‘क्यान्सरका बिरामीलाई हेरिने दृष्टिकोण, गरिने व्यवहार बदलिनुपर्छ । क्यान्सरका बिरामीसँग दुरी कायम गर्ने होइन, माया गर्ने, निको हुन्छ भनेर बिरामीको आत्मबल बढाउन मद्दत गर्ने हो, डा.बरालको तर्क थियो । यो कुनै सर्ने रोग होइन, यो कोशिकाको अनियन्त्रित वृद्विका कारण हुने रोग हो, नेपालमा जनचेतनाको अभावका कारण क्यान्सरको प्रकोप बढेको छ, अधिकांश विरामी क्यान्सर अन्तिम अवस्थामा पुगिसकेपछि मात्र चेकजाँचका लागि आउने गर्नुहुन्छ,’डा.बरालको धारणा थियो । क्यान्सर विविध कारणले हुने भन्दै त्यसमध्येको प्रमुख कारण सुर्तिजन्य पदार्थको प्रयोग भएको डा.बरालले बताए ।

अन्य कारणमा बंशानुगत कारणदेखि विषादीयुक्त खाना, मादक पदार्थको सेवन, पोलेको मासु, सेकुवा, ढुसी परेको खाना, अधिक मसला जन्य खानेकुरा, धेरै नुनिलो खानेकुरा खाने बानी लगायतका कारण क्यान्सरको जोखिम रहने डा.बरालले बताए ।

अस्वभाविक रुपमा शरीरको तौल घट्नु लगायतका क्यान्सरका विविध लक्षणबारे बताउदै डा.बरालले क्यान्सरको जोखिमबाट बच्न सुर्तिजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने, नियमित व्यायम गर्ने, बजारिया खानेकुरा भन्दा घरमै बनेका अर्गानिक खानेकुरामा ध्यान दिने, भोकै नबस्ने, एकैचोटि टन्न नखाने, बेलाबेला थोरै थोरै खाइरहने, सकेसम्म शाकाहारी बन्ने लगायतका सुझाव दिएका थिए ।

कार्यक्रममा रत्नराज्य माध्यमिक बिद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष तथा रोटरी क्लब अफ दरबारमार्गका पूर्व अध्यक्ष समेत रहेका सकुन्दराज अर्यालले डा.बरालले आफ्नो अमूल्य समय दिएर क्यान्सर जस्तो संवेदनशिल रोगका बारेमा विद्यार्थी, शिक्षक एवं अन्य उपस्थित रोटरियनलाई जानकारी प्रदान गरेकोमा आभार प्रकट गरे ।

विद्यालयले शिक्षा, स्वास्थ्य कृर्षि, प्रविधि लगायतका अन्य महत्वपूर्ण क्षेत्रका बारेमा विज्ञहरुलाई बेलाबेलामा निमन्त्रणा गरेर यस्ता अन्तरक्रियाका कार्यक्रमहरु गर्ने योजना राखेको अध्यक्ष अर्यालले बताए ।

विद्यालयको सर्वाङ्गिण विकासका लागि विद्यालय रोटरी लगायतका अन्य सरकारी तथा गैरसंरकारी संघसस्थासँग सहकार्य एवं हातेमालो गर्नका लागि सदैब उत्साहित रहेको अध्यक्ष अर्यालको भनाइ थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, पूर्व पदाधिकारी, रत्न पुस्तकालयका अध्यक्ष, रोटरी क्लब अफ दरबारमार्गका पदाधिकारी तथा सदस्य, अन्य रोटरी क्लबका आमन्त्रित रोटरियन, विद्यालयका शिक्षक तथा विद्यार्थीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

पक्राउ परे व्यवसायी शेखर गोल्छा, धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

इरानसँगको तनावका बीच पदत्याग गर्दै अमेरिकी नौसेना प्रमुख

‘निरोगी नेपाल’ अभियान: स्वास्थ्य मन्त्रीले आयुर्वेद, योग र डिजिटल सेवाको विस्तारबारे दिए जानकारी

ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं : पूर्वस्वास्थ्यमन्त्री पौडेल

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host