काठमाडौं। दुई दिनको झरी थामिएको छ। तर, आज आइतबार पनि घाम, बादल र केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मध्याह्नपछि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र कुनै कुनै ठाउँमा पानी पर्ने देखिन्छ।
विभागले बुलिटन जारी गर्दै पहाडी र हिमाली भुभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाकोसम्भावना रहेको बताएको छ।
सोमबार सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।












