काठमाडौं। आज आइतबार बिहानबाट काठमाडौंको आकाशमा बादल लागेको छ। यसबाहेक कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ । गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्का भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण बादल लाग्नुका साथै केही ठाउँमा पानी परिरहेको हो।
आइतबार दिउँसो पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने आकलन छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थान तथा बागमती र गण्डकीका तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ।
सोमबार पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।












