Outline Khabar
शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026
                                                       
No Result
View All Result

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

काठमाडौं। एमाले केन्द्रीय सचिवालय बैठकले संसदीय दलको नेता चयन, सरकारका पछिल्ला निर्णय, साइबर आक्रमण तथा विदेशमा रहेका नेपालीको सुरक्षासहित समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको सातौं सचिवालय बैठकले संसदीय दल नेताको निर्वाचन दलको विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भएको स्पष्ट पारेको छ।

Subisu

बैठकले प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दल नेताले गरेको सम्बोधनबारे पनि छलफल गर्दै संविधान र कानुनअनुसार स्थापित नेपाली सेना लगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् र मित्रवत् रहेको स्पष्ट पारेको छ।

त्यस्तै, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै बैठकले निर्वाचनबाट व्यक्त जनमतको सम्मान गर्ने जनाएको छ। बहुमतसहित सरकार गठन गरेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई दिँदै मतदाता, निर्वाचन आयोग नेपाल, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी र नागरिक समाजप्रति धन्यवाद व्यक्त गरिएको छ।

बैठकले पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुक, विशेषगरी महिलामाथि भइरहेको साइबर आक्रमणको घोर निन्दा गर्दै कानुनी प्रतिवादमा उत्रिन पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। साइबर आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराइएको छ।

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा प्रतिबन्ध लगाउने निर्णयप्रति एमालेले कडा असहमति जनाएको छ। त्यस्तै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयले प्रेस स्वतन्त्रता कमजोर पार्ने ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

पश्चिम एशियामा जारी हिंसाका कारण ठूलो संख्यामा नेपाली असुरक्षित बनेको उल्लेख गर्दै बैठकले त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न र स्वदेश फर्किन चाहनेलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेको छ।

विज्ञप्तिको पूर्णपाठ
आज नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौं बैठक कार्यबाहक अध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकले निम्न प्रस्ताव पारित गरिएको छः

१) यही २०८२ चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो। निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ। र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टीपङ्क्ति, खासगरी युवापङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ।
बैठकले दल नेतामा सर्वसम्मतिका साथ निर्वाचित हुनुभएकोमा कमरेड रामबहादुर थापालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ।

२) बैठकमा यही २०८२ चैत १९ गते सम्पन्न प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो।
बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।

त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ। निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

३) बैठकले नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिला दिदीबहिनीहरू विरूद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भ्रत्सना गरेको छ। साथै नियोजित आक्रमणको विरूद्ध कडारूपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन समस्त पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। त्यसैगरी, साईबर आक्रमणमा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

४) बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।

५) सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

६) पश्चिम एशियमा जारी हिंसाका कारण बीसौं लाख नेपालीहरू असुरक्षित बनेका छन्। हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरू चिन्तित अवस्थामा छन्। बैठकले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ।

शंकर पोखरेल
महासचिव

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

मन्त्री रावलसँग जनप्रतिनिधिले भने- प्रशासकीय अधिकृत दुई वर्षमा अनिवार्य सरुवा गर्नुपर्छ

मन्त्री रावलसँग जनप्रतिनिधिले भने- प्रशासकीय अधिकृत दुई वर्षमा अनिवार्य सरुवा गर्नुपर्छ

सेवा प्रवाहमा अनियमितता, अवैध शुल्क र बिचौलिया गतिविधि रोक्न निर्देशन

सेवा प्रवाहमा अनियमितता, अवैध शुल्क र बिचौलिया गतिविधि रोक्न निर्देशन

राजेश हमालका नाममा बजेट दुरुपयोग, ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी अख्तियारको नियन्त्रणमा

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो टीम

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, यस्तो बन्यो टीम

ताजा समाचार

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

मन्त्री रावलसँग जनप्रतिनिधिले भने- प्रशासकीय अधिकृत दुई वर्षमा अनिवार्य सरुवा गर्नुपर्छ

मन्त्री रावलसँग जनप्रतिनिधिले भने- प्रशासकीय अधिकृत दुई वर्षमा अनिवार्य सरुवा गर्नुपर्छ

सेवा प्रवाहमा अनियमितता, अवैध शुल्क र बिचौलिया गतिविधि रोक्न निर्देशन

सेवा प्रवाहमा अनियमितता, अवैध शुल्क र बिचौलिया गतिविधि रोक्न निर्देशन

राजेश हमालका नाममा बजेट दुरुपयोग, ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी अख्तियारको नियन्त्रणमा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host