काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरुको आन्दोलन अन्तिम लडाईं रहेको बताएका छन् । यसमा सबैको सक्रिय सहभागिता अनिवार्य रहेको उनले बताएका छन् ।
वैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारीमाथि भएको अमानवीय आक्रमण र ज्यादतीको उनले घोर भत्सना समेत गरेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुक स्टाटस
बैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना.गर्दछौं । त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
१. बैशाख १४ गतेको आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त गर्दछौं ।
२. हाम्रो आन्दोलन जारी छ । हिजो जस्तै ठिक ११ः०० बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीहरुमा अनुरोध छ ।
३. काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगीसक्दा पनि अझै तपाईहरु घरमै बसीरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पिडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला ।
४. हाामी अन्तिम लडाईंमा छौं । यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ ।
मेरो आन्दोलन मेरो सहभागिता ।
बलियो सहभागिता, बलियो आन्दोलन–बलियो आन्दोलन बलियो उपलब्धि ।












