Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

सम्झना पौडेल

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

पूर्वी नेपालको ढोकाका रुपमा लिइन्छ इलामको सूर्योदय नगरपालिका । भारतीय सीमा नजिक रहेको यस नगरपालिका कृषि, पशुपालन, पर्यटन, शिक्षा क्षेत्रमा अब्बल छ । अन्तुबाट देखिने सूर्योदयका कारण यसलाई ‘सूर्योदयको जिल्ला’ समेत भनेर चिनिन्छ । चियाको राजधानीका रूपमा रहेको यस नगरपालिका जिल्लाकै बढी चिया उत्पादन हुने क्षेत्र हो । यस नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट विजयी नगरप्रमुख रणबहादुर राईले दोस्रो कार्यकाल बिताइ रहेका छन् ।

Subisu

दीगो विकासका लक्ष्यलाई स्थानीयकरण

सूर्योदय नगरपालिकाले दीगो विकासका लक्ष्यलाई अगाडि बढाएको छ । नगरपालिकाले स्थानीय तहले बनाएका कानून जस्तै, मध्यमकालीन खर्च संरचना, आवधिक योजना, दिगो विकासका लक्ष्य बीचमा तारतम्य मिलाएको छ । नगरप्रमुख राई सबैभन्दा पहिला नगरपालिकाले दीगो विकासको लक्ष्यलाई मुख्य आधार मानेको बताउँछन् ।

फिक्कल खानेपानी ः फिक्कल, कन्याम, बरवोटे लगायतका सयौं घरपरिवारहरूले उपभोग गर्ने यस खानेपानीको मुहान वडा नम्बर-१ र समस्या झण्डै ३५० मिटर रहेको छ । तस्बिरः गाउँपालिका

राई भन्छन्,‘दीगो विकासका १७ लक्ष्यमध्ये हामीले शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेका छौं । त्यसमा शिक्षालाई बढी जोड दिएका छौं ।’ महालेखाले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको बेरुजु ०.५ प्रतिशतभन्दा कम छ । अझलाई शून्यमै झार्ने लक्ष्य रहेको राई बताउँछन् । नगरपालिकाले असल अभ्यास कार्यान्वयन गरिरहेको छ । भौतिक पूर्वाधारतर्फ नगरपालिकाले बाह्रमासे सडकलाई ध्यान दिएको छ भने २८ वर्षे सडक निर्माणको दीगो योजना बनाएर सोही अनुरूप काम गरिरहेको छ । विशेषगरी नगरपालिकाले दीगो विकासको १,२,३,४,५ को लक्ष्यलाई आत्मसाथ गरिरहेको छ ।

अनिवार्य बाल बचत खाता

नगरपालिकाले विद्यार्थीहरुका लागि बाल बचत अभियान अनिवार्य गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्ने अभियान चलाएको छ । मेयरसँग बालबालिका अन्तर्गत कार्यविधि तयार गरिएको छ ।

नवज्योती आधारभूत विद्यालयका शिक्षक, विद्यार्थीसँग मेयर रणबहादुर राई। तस्बिरः सूर्योदय नगरपालिका

कार्यविधिमा प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान छ । खाता खोलेपछि विद्यार्थीले दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिएको छ । राई भन्छन्,‘यो खाता आधारभूत शिक्षाको लागि मात्र होइन् । उनीहरुले १२ कक्षा पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्नका लागि पनि हो । यो महत्वपूर्ण कडि, कोसेढुंगाको रुपमा स्थापित हुने विश्वास दिएका छौं । नगरपालिकाले बैंकसँग समन्वय गरिरहेको छ ।’

बैंकसँग समन्वय गरिसकेपछि बैंकले खाता खोल्ने बित्तिकै १०० रुपैयाँ खातामा हाल्दिन्छ । बालबालिकाले जति सक्छन् उसले हाल्दै जान्छन् । त्यसका नगरपालिकाले पनि दैनिक एक रुपैयाँ विद्यार्थीको खातामा जम्मा गरिदिन्छ । नगरपालिकामा एक क्याम्पस, ६३ वटा वटा सामुदायिक, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् । १४ महिनामा बालबच्चाहरुको खातामा ८८ लाख भन्दा बढी जम्मा भएको नगरप्रमुख राई बताउँछन् ।

बुहारीलाई उच्च शिक्षा

नगरपालिकाले विवाह गरेर आएका जो १२ कक्षा पास गरेका बुहारी छन् उनीहरुलाई स्नातक पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको छ । ४, ५ वर्षदेखि यो कार्यक्रम सञ्चालन भइरहेको छ । गत वर्ष २५ जनाले स्नातक पास गरेका छन् । यस वर्ष १ सय ५८ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । नगरप्रमुख राई भन्छन्,‘सबैभन्दा पहिला आमा शिक्षित हुनुपर्छ । बालबालिकाले १८ घण्टा आमासँगै बिताउँछन् । आमाले शिक्षा पाउन भनेर नगरपालिकाले यो सोंच ल्याएको हो ।’

स्नातक पास गरिसकेपछि १०० दिनको रोजगारी दिइन्छ । भोली अवसर पाएँ भने कसरी गर्नुपर्छ, के–के गर्नुपर्छ ? भन्ने कुरा १०० दिनमा सिक्ने अवसर पाउने नगरप्रमुख राई बताउँछन् ।

पढ्दै कमाउँदै

नगरपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अगाडि बढाइरहेको छ । यसका लागि कृषि इनोभेसन सेन्टर स्थापना गरिएको छ । कृषिलाई कसरी वैज्ञानिक, प्रविधिमैत्री बनाउने भनेर यहाँ सिकाइन्छ । यहाँ कोलस्टोरदेखि माटोको परीक्षणसम्मको व्यवस्था गरिएको छ ।

नगरप्रमुख राई भन्छन्, ‘अहिले भर्खरै हामीले कार्यविधि तयार गरेका छौं । कार्यविधि हस्तान्तरण गरेको दिनदेखि हाम्रा कृषि प्राविधिकहरुले सेन्टर सञ्चालन गर्नेछन् । बालि विज्ञान पढाइ भएको हुनाले हामीलाई सहज पनि भएको छ ।’

विद्यालय वा शिक्षामा गरेको लगानीको प्रतिफल के भन्ने बारेमा स्थानीय बुद्धिजीवीहरूबीचको छलफल । तस्बिरः सूर्योदय नगरपालिका

आफु प्रमुख भएर आएसँगै शिक्षामा आमूल परिवर्तन भएको राई बताउँछन् । राई भन्छन्, ‘पहिला ४ वर्ष अघि म आउँदा शिक्षामा ६० प्रतिशत विद्यार्थी संस्थागतमा जान्थे । अहिले उल्टो भएको छ । ६० प्रतिशत सामुदायिकमा, ४० प्रतिशत संस्थागतमा जान्छन् ।’ नगरभित्र प्रध्यापकहरुको मञ्च बनाइएको छ । इनोभेटिभ तरिकाले शिक्षण विधिहरु कसरी अपनाउने भनेर एक÷एक महिनामा प्रत्येक स्कूलहरुमा पुग्छन् । त्यसको सभाध्यक्ष जुन स्कुलको हो, त्यहि स्कुलको हुन्छ । यो क्रमिक रुपमा रनिङ हुन्छ ।
नगरप्रमुख राई भन्छन्,‘हाम्रो १४ वटा माध्यमिक विद्यालय छन् । महिनैभित्रै उहाँहरु विभिन्न ठाउँमा गएर मिटिङ गर्नुहुन्छ ।’

उहाँहरुले गरेको कुराहरु थर्ड पार्टी शिक्षकको विज्ञहरुद्वारा नै निरीक्षण, अनुगमन मूल्यांकन गर्ने गर्दछन् । यो खर्चिलो भएकोले अहिले सफ्टवेयर निर्माण गरिएको छ । नगरप्रमुख राई भन्छन्, ‘त्यो सेल्फ एसिस्टमेन्ट हो, दुई सय भन्दा बढी सूचकहरु छन् । सूचकहरु स्कुलले पूरा गरे/गरेनन् भनेर सेल्फ एसिस्टमेन्ट गरेर हेरिन्छ ।’

अहिले सबै विद्यालयहरुमा इन्टरनेट जडान गरिएको छ । कम्प्युटर छ । नगरले चार करोडमा इनोभेसन सेन्टर बनाउने तयारी गरिरहेको नगरप्रमुख राई बताउँछन् ।

बढ्यो राजश्व

नगरपालिकाले १० करोड बढी राजस्व संकलन गर्न सफल भएको छ । आफु नगरप्रमुखको रुपमा आएसँगै राजश्व पनि बढेको नगरप्रमुख राई बताउँछन् ।
नगरप्रमुख राई भन्छन्, ‘म आउँदा २ करोड ५० लाख आन्तरिक राजस्व थियो । अहिले १० करोड बढी संकलन गरेका छौं ।’ नगरपालिकामा स्वीस सरकारको सबैभन्दा बढी सहयोग रहेको छ ।

अनलाइन सिस्टमतिर

नगरपालिकाका सबै कामहरु अनलाइन सिस्टममा हुने गरेको छ । १० बजेभन्दा १० मिनेट ढिलो आयो भने यो सिस्टमले एसेफ्ट गर्दैन । ५ मिनेट भन्दा अगाडि गयो भने पनि एसेफ्ट गर्दैन ।

इलाममा पहिलो पटक अनलाइन नागरिकता सिफारिसको शुभारम्भ गर्दै । तस्बिरः सूर्योदय नगरपालिका

नगरप्रमुख राई भन्छन्, ‘हाम्रो यो प्रणालीलाई सिस्टममा लगेका छौं । अफिसमा जति धेरै समय दिनुहुन्छ उति धेरै मोमेन्ट हुन्छ । त्यसकारण हाम्रोमा सेवाग्राहीको भिड कहिल्यै हुँदैन । लाइन लाग्दैन । किनभने हामी सिस्टममा छौं । पाँच वटा समितिलाई एक्टिभ बनाइदिएका छौं । जहाँ– जहाँ जान्छन् पाँच वटा समितिले गएर गर्छन् ।’

स्वास्थ्य क्षेत्र

नगरपालिकाले १४ वटा स्वास्थ्य सेवा भवनहरु निर्माण गरेको छ । सबै अनलाइन सिस्टममा छ । लजिस्टिकको पनि अनलाइन सिस्टम छ ।

नगरप्रमुख राई भन्छन्, ‘म सुरुमा आउँदा थोरै कोटेशनमार्फत धेरै पालिकाले औषधी खरिद गरेको पाएँ । मैले वार्षिक योजना बनाएर अनलाइनबाटै औषधी खरिद गर्ने व्यवस्था मिलाएको छु । तीस लाख छुट्याएको छ भने तीस लाखको अनलाइनबाट खरिद गर्दा ३० लाखको सामान सात लाखमा आउँछ । औषधी त्यहि हो । ३० लाखको सामान अहिले सात लाखमा पाएका छौं ।’

वडाहरुमा लोजेस्टिक सम्बन्धी अनलाइन सिस्टम जडान गरेर मनिटरिङ गरिएको छ । कुनै वडामा सामान बढी भयो भने सिस्टमले नै बढी भएको सामान अन्य वडामा पु¥याउने काम गर्दछ । नगरपालिकाले अपांगता, विपन्नता, एकल महिलाहरुको लागि स्वास्थ्य बीमा समेत गरिदिँएको छ । फिक्कल अस्पतालमा हालै बायो क्यामेस्ट्रिक एनलाइजर मेसिन जडान गरिएको छ । अहिले १५ मिनेटमा ल्यावको रिपोर्ट दिने गरेको नगरप्रमुख राई बताउँछन् ।

Fully Automatic Biochemistry Analyzer Machine-Tokyo BOEKI BIOUS 30i नगरपालिकाको तर्फबाट फिक्कल अस्पताललाई हस्तातरण गर्दै । तस्बिरः नगरपालिका

नगरपालिका अहिले पोषणमैत्रीमा लागेको छ । नगरप्रमुख राई भन्छन्,‘पोषणमैत्री बनाउन निकै जटिल छ । आगामी दिनमा दक्ष जनशक्ति उत्पादन गर्ने, मानव पुँजीको विकास हुन्छ भन्ने सोचका साथ नगरपालिका लागेको छ । पोषणमैत्रीको सबै प्रोफाइलहरु तयार भएको छ ।’ अहिले नगरपालिकाको बढी ध्यान मानव पुँजी निर्माण, शिक्षा,स्वास्थ्यमा लागेको राई बताउँछन् ।

कृषि उत्पादनमा जोड

पहिला झापा र मोरङबाट पराल खरिद गर्ने गरिन्थ्यो । पछि नगरपालिकाले नेपियर, पुरनेपियर जस्ता घाँसका विरुवा वितरण गर्न शुरु गरेपछि पराल आयत ५० प्रतिशत घटेको छ । अहिले गाईपालन बढी भएको छ । त्यसले गर्दा दुध उत्पादन पनि बढी भएको छ ।

नगरप्रमुख राई भन्छन्,‘हामी दुध प्रतिदिन दुई लाख लिटर उत्पादन गर्ने लक्ष्यमा छौं ।’ सबैभन्दा बढी दच्यु उत्पादन हुने जिल्ला पनि यही रहेको नगरप्रमुख राई बताउँछन् ।

गाईको प्रजनन्का लागि सेक्ससिमेन प्रयोग गरिएको छ । ‘सेक्ससिमेनले ९० प्रतिशत बढी बाच्छिमात्रै जन्मिन्छ । यो इआइ जस्तै हो । यसको कन्सिभ रेट पनि हेर्नुपर्छ । नगरपालिकाले अहिले ५० प्रतिशतमा सेक्सिमेन्ट दिएको छ । यो दिएपछि अहिले ९५ प्रतिशत बाच्छिमात्रै जन्मिएको छ । जसले गोरु कम जन्मियो । ५ प्रतिशत गोरु हाइब्रिट हो’ प्रमुख राई भन्छन्,‘यसले गाई ब्याइसकेपछि पहिलो बेतमै २३ लिटर दुध दिन्छ । सेक्समिनेन्ट पनि धेरै राम्रो गएको छ । पहिला ३४ हजार प्रतिदिन दुध उत्पादन थियो । अहिले ७५ हजार पुगेको छ । दुधको उत्पादन २ लाख पु¥याउने लक्ष्य हो ।’

नगरपालिकामा वितरणका लागि वितरणका लागि राखिएको अम्बा,कटहर,टाँकी, अमला,कफीका बिरूवाहरू । तस्बिरः सूर्योदय नगरपालिका

कृषिमा सफ्वेयर

कृषिको क्षेत्रमा सफ्टवेयर निर्माण गरेको छ । सूर्यादय कृषि डट जिओभी डट एन पी । हजारौं किसानहरुले पाउनुपर्ने सुविधाहरु त्यहिबाट प्राप्त गर्छन् । कृषि शाखा, पशुशाखामा गएपछि किसानहरुले शुन्य कस्टमा प्रस्तावहरु पाँच मिनेटमा तयार गर्न सक्छन् । अनुदानका लागि पनि यही सफ्टवेयरबाटै सबै कुरा थाहा पाउन सकिन्छ ।

साना किसान सहकारी संस्थालाई कृषि एम्बुलेन्स हस्तान्तरण गर्दै। तस्बिरः सूर्योदय नगरपालिका

नगरप्रमुख राई भन्छन्,‘त्यसलाई हामी इन्टरलिंक गरिराखेका छौं । संघको, प्रदेशमा ज्ञान केन्द्र, यो महिना, यो हप्ता भित्रको वातावरण कस्तो छ ?, मौसम कस्तो हुन्छ ?, सम्पूर्ण कुरा त्यहिबाट थाहा पाउने गरी व्यवस्थापन गरिएको छ । कृषिका सम्पूर्ण कुरा त्यहि आउँछ । जस्तै भकारो सुधारका कार्यक्रमहरु, गोठ सूधारका कार्यक्रमहरु ।’

४ सय बढी किसानलाई अनुदानमा साना खालका मेसिनहरु उपलव्ध गराइएको छ । नगरपालिकाभित्र ५० लाख बढी किलो चिया उत्पादन हुँदै आएको छ भने ६५ वटा भन्दा बढी फ्याक्ट्री छन्। तर यहाँ ५० लाख किलो चिया बेच्न पनि नसकिएको नगरप्रमुख राई बताउँछन् ।

सूर्योदय नगरपालिका वितरण गर्दै गरेका च्यापकटर र किसानहरू। तस्बिरः सूर्योदय नगरपालिका

राई भन्छन्,‘त्यसमा संघको कुनै चासो छैन । अन्तर्राष्ट्रिय मार्केट संघले हेर्नुपर्ने हो । मैले श्रीलंकाको राजदूतलाई यहाँ बेलाएर ल्याए । श्रीलंकाले वर्षमा २० करोड केजी चिया बेच्छ । हामीलाई ५० लाख केजी बेच्न गाह्रो भएको छ । दुबईमा डिएमसी भन्ने छ । यसले न आफु उत्पादन गर्छ । तर ७० करोड चिया बिक्री गर्छ । हामी हाइ लेवलको प्रिमियम चिया इन्टरनेशनल मार्केटमा बेच्न सक्छौं । त्यति राम्रो छ । हाम्रो क्वालेटी छ । तर किसानहरुले चियाको मूल्य राम्रो पाएको छैनन् । थुप्रै समस्याहरु छन् ।’

खोरेतमुक्त नगरपालिका घोषणा गरिँदै

सूर्योदय नगरपालिकाले खोरेत नियन्त्रण कार्यक्रम सञ्चालन कार्यविधि –२०७९ मा पारित गरेको छ । व्यापक खोरेत सम्बन्धीको खोप पनि सञ्चालनमा ल्याइसकेको छ ।

पशु सेवा विभागको महानिर्देशक डा.उमेश दहालसँग मेयर रणबहादुर राई । तस्बिरः सूर्योदय नगरपालिका

तीन वर्ष पूरा हुँदा एउटै पनि खोरेत लक्ष्यको पशु नभेटिएको हुनाले, पशु सेवा विभाग हरिभवन ललितपुर, कोशी प्रदेश खोरेतमुक्तको प्रकृया अगाडि बढाउन सकारात्मक भएका छन् । वल्र्ड एनिमल हेल्थ अर्गनाइजेशनले एमएफडि रेसिडियुस, प्रोटोकल, ल्याब लगायत अन्य कुराको बारेमा चित्त बुझ्दो उत्तर दिएको नगरपालिकाले जनाएको छ ।

सूर्योदय नगरपालिकाको प्रयास सफल भएमा पशुजन्य उत्पादनहरूको बजारीकरण ठूलो मद्दत पुग्ने अपेक्षा राखिएको छ । साथै नगरपालिकाले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका–२०८० लाई पनि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
नगरप्रमुख राई भन्छन्,‘चार वर्ष कुनै पनि खोरेत लागेको पशुपन्छी नभेटेको हुनाले पहिला सूर्योदयलाई खोरेतमुक्त नगरपालिका बनाऔं भन्ने छ ।’

सडक र पूर्वाधार

यहाँ विपद वातावरण सम्बन्धी ऐन बनाइएको छ । नगरपालिकाभित्र जहाँ पायो त्यहि बाटो खन्न पाइँदैन । नगरप्रमुख राई भन्छन्,‘२८ वर्षे गुरु योजना बनाएका छौं । नगरपालिको वडालाई दिने सिलिङबाट ५० लाखमा एउटा कार्यक्रम गर्नेपर्छ । त्यसलाई छुट्याउन, सानातिना बनाउन पाइदैन । रोड बनाओस् चाहे कृषिमा लगाओस् । जहाँ हालेपनि ५० लाख एकै पटक हाल्नै पर्छ ।’
पहाडको ठाउँ एक किलोमिटर बाटो बनाउन ७ करोडसम्म लाग्ने गरेको प्रमुख राई बताउँछन् ।

उनी भन्छन्,‘हाम्रो पहाडको ठाउँ क्षेत्रफल २ सय ५२ स्काइर किलोमिटर छ । केही पनि संरचना बनेको छैन । बजेट १ अर्ब ३५ करोड छ । त्यसलाई बैज्ञानिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने बारेमा बढी भन्दा बढी सहभागीतामा गर्न सकियो भने मात्र हामी सफल हुन्छौं ।’

सूर्योदय नगरपालिकामा २०८१/०८२ मा चियावगान पदमार्ग निर्माण हुने। Swiss सरकारको सहयोगमा निर्माण भएको Trail-Based Tourism Development Project (TTFP) लाई नेपाल सरकारले स्वीकृत गरेको छ। तस्बिरः नगरपालिका

सम्पूर्ण प्राविधिकहरुले जिआइ राम्रोसँग चलाउने राई बताउँछन् ।‘तालिम दिएका छौं । आरबीएस भइ रहेको छ । प्रत्येक वडामा कहाँ–कहाँ विपद छ, जोखिम छ । हेर्ने र कति खर्च लाग्छ । सबै सिस्टमबाट निकाल्ने गरी काम गरिरहेका छौं । हामीले जति डिजिटलाइजेश गर्न सकिन्छ । हाम्रो क्षमताले भ्याएसम्म, प्राविधिकहरुले भ्याएसम्म, जति छ त्यसैबाट हामीले काम गरेका छौं ।’

नगरपालिकाले वार्षिक रुपमा एक लाख विरुवा रोप्ने गर्दछ । यस वर्ष भने ५१ हजार वटा विरुवा रापेको राई बताउँछन् । नगरपालिकाबाट ५० हजारभन्दा बढी मेट्रिक टन स्कुस भारतमा निर्यात हुने गरेको छ ।

एउटा घर परिवारले ४५ लाख सम्मको स्कुस बेचेको नगरप्रमुख राई बताउँछन् । नगरपालिकाले कार्यपालिका बैठक, नगरसभाको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । नगरप्रमख राई भन्छन्,‘हामीले प्रत्येक वर्ष कुन–कुन वडाध्यक्ष कति पटक बैठकमा आए भन्ने प्रष्टसँग भन्दिन्छौं ।’

नगरपालिकाले लैंगिक समानताका कार्यक्रमहरुलाई अगाडि बढाएको छ । लैंगिक समानतामा गत वर्ष ६५ भन्दा बढी प्राप्त गरेको छ । लैंगिक समानता प्रदेशकै सबैभन्दा बढी रहेको नगरप्रमुख राई बताउँछन् ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host