काठमाडौं । कलाकार सुनिल थापाको निधन भएको छ ।
६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।












