काठमाडौं । हिउँदे अवधि सकिने अन्तिम २ दिन बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुने भएको छ । जसका कारण देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।












