काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरमगरमाथि भएको आक्रमणको घोर विरोध गरेको छ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समय बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखमाथि भएको आक्रमणलाई पार्टीको ठम्याइ अनुसार घोर भर्त्सना गरिएको बताएका छन्। उनले भने, “बारम्बार बालुवाटार, बुढानीलकण्ठ र सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पठाइएको व्यक्तिमाथि भएको उपसभामुखमाथि आक्रमणको राष्ट्रिय स्वतन्त्र पार्टीले घोर भर्त्सना गर्छ।”
परियारले सार्वभौम संसद्का सदस्यहरूलाई विवेचना गर्न आग्रह गर्दै भने कि मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले संसदलाई चोट पुर्याएको छ।
उनले थपे, “लोकतन्त्रको विरासत धानेका व्यक्तिहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई अवमूल्यन गर्नु लोकतन्त्रका लागि ठूलो खतरा हो। राष्ट्रिय स्वतन्त्र पार्टी यसलाई पूर्ण रूपमा अस्वीकार गर्छ।”












