काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास लिक भएर आगलागी हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सबै घाइतेलाई कीर्तिपुर बर्न अस्पताल लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।












