Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

‘विजेता हुनुको अर्थ छाडा हुनु होइन’: सांसदलाई रवि लामिछानेको कडा सन्देश

‘विजेता हुनुको अर्थ छाडा हुनु होइन’: सांसदलाई रवि लामिछानेको कडा सन्देश

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले विजेता हुनुको अर्थ जिम्मेवार हुनु रहेको र विजेता हुनुको अर्थ छाडा हुनु नरहेको सन्देश आफ्ना सांसदहरूलाई दिएका छन्।

रास्वपाले प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले जितपछि आउने उन्मादबाट जोगिन र जिम्मेवारीसहित प्रस्तुत हुन आग्रह गरेका हुन्।
‘संसारका धेरै देशले पनि विरलै पाउने अवसर हामीले पाएका छौं, अब आफ्नै हातले देशको इतिहास लेख्नुपर्छ,’ उनले भने।

Subisu

उनले परिवर्तन सहज रूपमा नआएको स्मरण गराउँदै युवापुस्ताको बलिदानलाई संस्थागत गर्नुपर्ने बताए। अर्को निर्वाचनमा फेरि मत माग्न घरदैलो धाउन नपर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो, ‘अब उम्मेदवार होइन, काम बोल्नुपर्छ।’

लामिछानेले विकासलाई बजेट वितरणको प्रतिस्पर्धासँग होइन, सामाजिक न्यायसँग जोडे। कर्णाली, मधेस र सुदूरपश्चिम पछाडि परिरहँदा कुनै एक क्षेत्र समृद्ध हुनु विकास नहुने उनको तर्क गरे। ‘कर्णालीमा अस्पताल पुग्यो कि पुगेन, सुत्केरी आमा बाटोमै मर्नु पर्‍यो कि परेन । विकास यही हो,’ उनले स्पष्ट पारे।

समावेशीतामा पार्टी पूर्ण सफल नभएको स्वीकार गर्दै उनले राई–लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा सुनिश्चित गर्न नसकिएकोमा दुःख व्यक्त गरे। अन्य दलको तुलनामा बढी महिला उम्मेदवार उठाए पनि अझै अपुग रहेको उनको भनाइ थियो।

लोकतन्त्र र संविधानप्रति प्रतिबद्धता दोहोर्‍याउँदै उनले नयाँ शक्ति आएपछि लोकतन्त्र कमजोर हुन्छ भन्ने आशंका निराधार भएको बताए। ‘मुलुक राम्रो हातमा छ, हामी यसलाई अत्यन्त केयरफुल्ली ह्यान्डल गर्छौं,’ उनले भने।

सामाजिक सञ्जालमा आक्रामक छवि बनेको स्वीकार गर्दै उनले समर्थक र सांसदहरूलाई संयमित अभिव्यक्तिका लागि आग्रह गरे। विपक्षीप्रति कटाक्ष, व्यक्तिगत आक्रमण र असहिष्णुता लोकतान्त्रिक चरित्र नभएको उनले बताए।

मन्त्री बन्ने चर्चा र मिडिया ट्रायल बन्द गर्न सांसदहरूलाई आग्रह गर्दै उनले क्याबिनेटबारे पार्टीले अझै निर्णय नगरेको स्पष्ट पारे। ‘पार्टीले सही निर्णय गर्छ, कसैलाई भन्नुपर्दैन,’ भन्दै उनले क्षमता र विज्ञताका आधारमा जिम्मेवारी बाँडफाँट हुने संकेत दिए।

सुशासन, रोजगारी, विश्वविद्यालय सुधार र उद्योग सञ्चालनलाई आगामी प्राथमिकता बताउँदै उनले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host