काठमाडौं। कांग्रेस नेता पूर्णबहादुर खड्काले प्रतिनिधि सभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा खड्काले लखेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनको परिणामले विशेष गरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीहरूलाई गम्भीर सन्देश प्राप्त भएको छ। हाम्रा भगवानरूपी पदमआदरणीय मतदाताहरूको निर्णयबाट।
उनले अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत एकताका साथ अघि बढ्नुपर्ने पनि बताएका छन्।
‘हामी सबैले म म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक(बृहत एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ,’ खड्काले भनेका छन्, ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामाना गर्ने यही नै उपयुक्त बाटो हो त्यस्तो लाग्छ।’












