काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
यस समझदारीबाट नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारीहरु र निजका परिवारहरुलाई गुणस्तरिय आँखा उपचार सेवामा सहज हुनेछ ।
साथै यस समझदारीले दुवै पक्षबिच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धीका कार्यक्रमहरु अगाडी बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अबलम्बनका लागि प्रोत्साहन गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।












