काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेट गरी आफ्नो नेतृत्वको सरकारमा सहयोगको आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा सरकार नेतृत्व गर्नुपरेकाले डा. रुइतसँग सहयोगको अपेक्षा राखेकी थिइन्। तर डा. रुइतले स्रोतका अनुसार सरकारले मागे पनि सरकारमा प्रत्यक्ष सहभागी हुन नसकिने जवाफ दिएका छन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले आफ्नो प्राथमिकता अस्पतालको काम र विरामी सेवामा रहेको उल्लेख गरे। जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चले पनि डा. रुइतले चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन रहने बताएका छन्।
यसरी डा. रुइतले आफ्नो विशेषज्ञता र सेवाभावलाई प्राथमिकतामा राख्दै राजनीतिक भूमिकाबाट दूरी बनाएका छन्।












