काठमाडौं । राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।
बैठकमा मन्त्री सिन्हाले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताए। राष्ट्रिय सभाको अर्को बैठक यही माघ २८ गते दिउँसो सवा १ बजे बस्नेछ।












