काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने पेट्रोल र ग्यास यथावत्मूल्य राखेको छ । निगमले आइतबार ९माघ १८० बिहानदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको हो । यद्यपि पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
निगमले शुक्रबार ९माघ १७० सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आइओसीबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर १२ पैसाले, डिजेलको ४ रुपैयाँ ६६ पैसाले र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आएको छ ।
डिजेल र मट्टीतेलको मूल्य वृद्धि भएपछि यातायात, निर्माण तथा कृषि क्षेत्रको लागतमा केही असर पर्ने अनुमान गरिएको छ ।












