काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं खेलमा काठमाडौं गुर्खाजले जित हात पारेको छ । कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमाडौंले सिजनको पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर १५३ रन जोड्यो । काठमाडौंका कप्तान करण केसीले सर्वाधिक २८ रन र सुमित महर्जन ४० रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । कणालीका लागि शिखर धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । जिसान मक्सुद अविजित १४, चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २,अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।
बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ र करण केसी, नाथन सोटर र दिपेश कँडेलले समा १–१ विकेट लिए ।












