काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।
एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
कार्यालयले रोल्पको तालाबाङमा रहेको लोक निर्माण सेवा तथा सप्लायर्स, काठमाडौँको सिल्क मार्केट प्राली, महोत्तरी जलेश्वरको ब्रोदर्श कन्स्ट्रक्सन, गोरखाको देवु निर्माण सेवा, चितवनको अर्भान कन्स्ट्रक्सन, काठमाडौँको सूर्यदीप छापाखान, काठमाडौँको धुलिखेल निर्माण सेवा र रुपन्देहीको हिमशिखर कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको हो।












