मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।
एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२।४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो ।
समूह सी मा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहिन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ ।












