काठमाडौं । सरकारले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनहरूका लागि लाग्ने शुल्क निर्धारण गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुरुङ प्रयोग गरी काठमाडौं प्रवेश गर्ने र बाहिरिने गाडीहरूका लागि भिन्न(भिन्न दस्तुर तय गरेको हो।
निर्णयअनुसार, कार र भ्यानले काठमाडौं पस्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा साना ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।ठूला बस तथा ट्रकको हकमा काठमाडौं तर्फ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, भारी उपकरण बोकेका गाडीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ। सरकारले सुरुङ मार्ग सञ्चालनसँगै यी नयाँ शुल्क दरहरू लागू हुने जनाएको छ।
यसले काठमाडौं उपत्यकामा यातायात व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ।












