काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशअन्तर्गतका सरकारी निकायहरूको स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयको संगठन विकास शाखाले शुक्रबार जारी गरेको पत्रमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हरूलाई प्रदेशभित्र रहेका सबै निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी पठाउन अनुरोध गरेको हो।
पत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले विवरण माग गरिएको उल्लेख छ। मन्त्रालयले स्वीकृत दरबन्दी सम्बन्धी विवरण तयार गरी पठाउन भनेको छ।
मन्त्रालयका अनुसार यो निर्णय सचिवस्तरबाट भएको हो। प्राप्त विवरणका आधारमा कर्मचारी संरचना, जनशक्ति व्यवस्थापन तथा प्रशासनिक सुधारका थप प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।












