काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने समाचारप्रति खण्डन गरेका छन्। उनले चितवनमा विद्युत आपूर्ति अवरुद्ध हुने भनेर सार्वजनिक गरिएको सूचना भ्रामक र लेखाइमा गल्ती भएको बताएका हुन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खड्काले ‘लोडसेडिङ’ भन्ने कुरा गलत रहेको स्पष्ट पारे। उनले भने, “लोडसेडिङ होइन, लेखाइमा त्रुटि भएको हो। लाइन व्यवस्थापन गर्नुपर्ने भएकाले बेलुका पानी तान्ने पम्प नचलाइदिन आग्रह गरिएको मात्र हो।”
चितवनमा हिजो एक सूचना सार्वजनिक गर्दै दैनिक तीन–तीन घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने उल्लेख गरिएको थियो।












