काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन्।
बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन्।
बैठकमा युनेस्को नेपालका शिक्षा शाखा प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले सरकारसँगको सहकार्यमा शिक्षक शिक्षा दिन थालिएको बताए।
पछिल्लो समय अधिकांश बालबालिकाहरू नयाँ प्रविधिसँग नजिक रहने गरेकाले उनीहरुलाई प्रविधिको सुरक्षित प्रयोग गर्न विद्यालयतहबाटै सिकाइ आरम्भ गर्नुपर्ने उनको भनाइ थियो।












