काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली तियानजिन शहरमा हुने संघाई शिखर सम्मेलन (एससीओ)मा सहभागी हुन चीन लागेको बालुवाटार स्रोतले जनाएको छ ।
सम्मेलन ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुँदै छ । सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरू सहभागी हुँदै छन् । जसमा प्रधानमन्त्री ओली पनि सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री ओली दोस्रोपटक चीन भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री ओलीले यसअघि अर्को छिमेकी मुलुक भारतको भ्रमण भदौ ३१ गते तय भएको छ ।












