काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । तुर्कमेनिस्तानको भ्रमणबारे जानकारी गराउन ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका हुन् ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त भएको ओलीले बताए । प्रधानमन्त्री ओलीले सरकारले हालसम्म गरेका काम र कानुन निर्माणबारे संसदलाई जानकारी पनि गराए ।
तिनिधिसभाको बुधबारको बैठकमा विशेष समयर बोल्दै प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले गरिरहेको संसद् बहिष्कारप्रति कटाक्ष गरेका हुन् । आफ्नो तुर्कमेनिस्तान भ्रमणको जानकारी दिन प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गरेका हुन् ।
ओलीले नाम उल्लेख नगरी भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर नत्यागी नेपाल आएर रवि लामिछाने मन्त्रीसमेत बनेको, सुमना श्रेष्ठ भिजिट भिसामै विदेश गएर दुई दुईवटा बिहे गरेर अहिले विमानस्थलबाट उड्ने जति सबै बेचिएको भन्ने भाष्य तयार पारेको भन्दै आक्रोश पोखे ।












