काठमाडौं । नेपाल प्रिमियर लिगमा रोमाञ्चक जित हात पार्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ। आइतबार टियु क्रिकेट मैदानमा विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो। विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गरेको छ।












