काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन बुधबार झडपमा परिणत भएको छ। कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन र धवल शम्शेर जबरा पक्षबीच विवाद उब्जिँदा हात हालाहालको स्थिति सिर्जना भएको हो।
सूचनाअनुसार, केही युवा मञ्चमा उक्लिएर होहल्ला गर्न थालेपछि झडप सुरु भएको थियो। असन्तुष्ट पक्षकी युवा ज्योति लामाले माइकमा आफ्ना कुरा राखिरहेका थिए, त्यही बेला लिङ्देन कार्यक्रमस्थलमा आइपुगे।
लिङ्देन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको अवस्था सिर्जना भएको र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको जानकारी छ।
कार्यक्रम सुरु नहुँदै विवाद उब्जिए पनि आयोजकहरूले उपस्थित सबैलाई धैर्यपूर्वक बस्न आह्वान गरेका छन्।












