काठमाडौं । भारतीय सेनाका ३०औँ सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। पाँचदिने औपचारिक भ्रमणका लागि द्विवेदी नेपाल आएका हुन्।
भ्रमणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेनाध्यक्ष द्विवेदीबिच जंगी अड्डामा औपचारिक द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपालबाट रोकिएको गोर्खा भर्ती तथा नेपालले भारतलाई तिर्नुपर्ने सैन्य ऋण मिनाहालगायत विषयमा छलफल हुने तयारी छ ।












