काठमाडौं । हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।
जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ।
हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाइ उडानसमेत प्रभावित भएको छ। तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्।
हिउँपरेपछि कृषकहरूलाई राहत भएको छ।












