काठमाडौं । मकवानपुर हेटौंडामा जमिनमा हराएको गाडीको पाटपुर्जा फेला परेको छ । गत वैशाख १९ गते हेटौंडा-१६ गैरिगाउमा सडमानै भासिएर बेपत्ता भएको गाडीको पाटपुर्जा फेला परेको हो ।
जमिनमुनि भासिएर गाडिनै गायब भएपछि काठमाडौंबाट भूगर्भविदको टोलि हेटौंडा आएर उक्त क्षेत्रको अवलोकन गर्नुको साथै माटो परीक्षणको लागि काठमाडौ लगेको थियो । टोलिले उक्त क्षेत्रको माटो परिक्षण गरि करिब १० मिटर मुनि गाडी रहेको अनुमान गरेपछि टोलीले आज हेटौंडा आएर पुन खोजतलास गर्ने क्रममा गाडिको केही पाटपुर्जा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












