काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिका–४ हर्कपुरस्थित बगैंचा एडभेन्चर रिसोर्टमा बुधबार बिहान भीषण आगलागी भएको छ। काठका संरचनाले बनेको रिसोर्टमा लागेको आगोले ठूलो भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ।
रिसोर्टका म्यानेजर निरज गौतमका अनुसार हलमा अचानक आगो लागेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट भएको क्षतिको यथार्थ विवरण आइसकेको छैन।












