Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

बुधबार काठमाडौंका यी स्थानमा गाडी चलाउन नपाइने, पशुपति जानेलाई ६ ठाउँमा पार्किङ

बुधबार काठमाडौंका यी स्थानमा गाडी चलाउन नपाइने, पशुपति जानेलाई ६ ठाउँमा पार्किङ

काठमाडौं । बुधबार काठमाडौंको पशुपतिनाथ क्षेत्र आसपासका विभिन्न स्थानमा गाडी चलाउन नपाइने भएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो प्रबन्ध गरेको हो ।

बुधबारको लागि कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको जनाएको छ।

Subisu

कार्यालयका अनुसार दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरुको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यबस्थापन गर्नेछ त्यसका लागी करिडोर सडक र भित्री सडकहरुमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

सदाझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अबस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अबलम्बन गरि वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

तिनकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाईएको छ ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रबक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

प्रबक्ता राउतले महाशिवरात्री को अबधीभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरुलाई निर्वाध रुपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यबस्थापन गर्न हामी पुर्णरुपमा समर्पित भई खटिने छौ भनी प्रतिबद्धता व्यक्त गरे । शिवरात्रीकै अवसरमा अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरु खटाइएको समेत प्रबक्ता राउतले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host