Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

विदेशमा धन कमाउने सपना टुट्नेहरु बढ्दै

सन्दिप वि.क

विदेशमा धन कमाउने सपना टुट्नेहरु बढ्दै

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत ११ महिनादेखि रसाएका छन् ।

रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर ।

Subisu

श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको ११ महिनापछि यहि चैतमा मात्र शव आयो । तिलमायालाई अन्तिम श्रद्धाञ्जलि दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो ।

मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउन परिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो । यो त एक प्रतिनिधिमूलक घटना मात्रै हो । तर आकर्षक कमाई, सेवा सुविधाको प्रलोभनमा परेर विदेशिने हजारौं नेपालीको अनाहकमा ज्यान गुमिरहेका छन् ।

त्यही विदेशी भूमिमा मरेर बाँचेका श्रमिकको दुःखको कमाईबाट प्राप्त भएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र धानेको खुशियाली ढिकुटी चलाउनेले गरे पनि अन्ततः सामाजिक पाटो भने अन्धकारमा छ । विभिन्न मुलूक पुगेर ज्यान गुमाउने मात्र नभएर अंगभंग र दिर्घकालिन रोगको डंगुर बोकेर फर्कनहरु पनि त्यतिकै छन् ।

बढे विदेशीने

स्वदेशमा रोजगारीको सम्भावना नदेखेर विदेशीनेको संख्या ह्वातै बढेको छ । तथ्यांकलाई केलाउँदा वैदेशिक रोजगारीमा जानेको संख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् ।

गत आवको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा पाँच लाख ४४ हजार ४७० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन गत आवको तुलनामा चालु आवमा ८२ हजार ७१ जनाले बढी हो । विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको छ ।
चालु आवको मंसिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । विभागका अनुसार माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

चालु आव २०८१/८२ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि पाँच लाख ४४ हजार ५७० जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि मात्रै एक लाख ७३ हजार ३४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।

चालु आवको सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश साउदी अरब र तेस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा साउदी अरबका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख तीन हजार ९९१ जना रहेको छ भने कतारका लागि ९३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

आव २०८०/८१ मा दोस्रो र आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक पाँचौँमा छ । मलेसियाका लागि भने चालु आवको यस अवधिमा १८ हजार ८९४ जनाले श्रम स्वीकृति लिएका छन् । चौथो कुवेतका लागि यस अवधिमा साढे २३ हजारले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत सात हजार ७१० जना दक्षिण कोरिया गएका छन् ।

बढ्यो रेमिट्यान्स


नेपालमा सात महिनामा ९ खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतिशतले बढेर ९ खर्ब ५८ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो। यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो।

सपना टुट्नेहरु बढ्दै


नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको मृत्यु दर चिन्ताजनक रूपमा उच्च छ। पछिल्ला वर्षहरूमा मृत्यु हुनेहरूको संख्या हरेक वर्ष १,००० देखि १,५०० को बीचमा रहेको छ। गत वर्ष ०८०/८१ मा अवधिमा विदेशी भूमिमा १ हजार ४ सय ५० नेपालीले ज्यान गुमाए । चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म चार सय ७७ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांक वैदेशिक रोजगार बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएको विवरणका आधारमा निकालिएको हो।

नेपालबाट अहिले पनि ठूलो संख्यामा अदक्ष श्रमशक्ति वैदेशिक रोजगारीमा जाने गरेको छ । यसले कार्यस्थलमा हुने दुर्घटनाको जोखिमबाट हुने क्षति अधिक हुने जानकार बताउँछन् । साथै, विदेशमा बढ्दो नेपाली संख्यासँगै सडक दुर्घटना, आत्महत्याका घटनाले समेत युवाको मृत्युदर बढाइरहेको देखिन्छ । यसबाहेक हर्टअट्याक, हत्या, प्राकृतिक मृत्यु र विभिन्न रोगका कारण समेत ज्यान जाने गरेको देखिन्छ ।

नेपालबाट सबैभन्दा अधिक संख्यामा रोजगारीका लागि युवा मलेसिया र खाडी मुलुक जाने गरेका छन् । मानवीय क्षति समेत यी मुलुकमै अधिक देखिन्छ । बोर्डका अनुसार गत वर्ष मलेसिया, साउदी अबरेविया, कतार, यूएईबाट बढी शव नेपाल ल्याइएको छ । त्यस आवमा मलेसियाबाट मात्र ३८५ जना युवाको शव आएको छ । साउदी अरेबियाबाट मात्र ३६५ जना श्रमिकको शव आएको तथ्यांक छ । यूएईबाट २५४ र कतारबाट २४२ जना श्रमिकको शव आएको छ । कुवेतबाट ६३, कोरियाबाट ३२ र जापानबाट २१ जनाको शव आएको तथ्यांक छ ।

नेपालमै विकल्प खोजौ

नेपालमा वैदेशिक रोजगारीको भर पर्ने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। तर, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिए वैदेशिक निर्भरता कम गर्न सकिन्छ। यसका लागि निम्न विकल्पहरूलाई प्राथमिकता दिन आवश्यक छ:

१. कृषि र पशुपालन व्यवसाय

-नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी रोजगारी सिर्जना गर्न सकिन्छ।
-व्यावसायिक खेती: अर्गानिक खेती, मौरी पालन, तरकारी तथा फलफूल उत्पादन
-पशुपालन: डेरी फार्म, कुखुरा पालन, माछापालन, बाख्रापालन
-कृषि प्रशोधन उद्योग: दुग्ध पदार्थ उत्पादन, चिया-कफी प्रशोधन, मसला उद्योग

२. साना तथा मझौला उद्योग 

-हस्तकला उद्योग (ढाका कपडा, लोककला, माटोका भाँडाकुँडा)
-स्थानीय उत्पादन (जडीबुटी, अगरबत्ती, अलैंची, लोक्तापत्र)
– निर्माण सामग्री उत्पादन (इँटा उद्योग, सिमेन्ट उद्योग)

३. पर्यटन र होमस्टे व्यवसाय
– गाउँ पर्यटन: पर्यटकलाई परम्परागत नेपाली जीवनशैली अनुभव गराउने
– सांस्कृतिक पर्यटन: धार्मिक स्थल, कला-संस्कृति प्रवर्द्धन
– साहसिक पर्यटन: ट्रेकिङ, पर्वतारोहण, जलयात्रा, प्याराग्लाइडिङ
– होमस्टे व्यवसाय: ग्रामीण भेगमा पर्यटकलाई नेपाली खाना, संस्कार-संस्कृति देखाउने

४. सूचना प्रविधि र फ्रीलान्सिङ
– वेबसाइट विकास, सफ्टवेयर विकास, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन
-फ्रीलान्सिङ: अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा काम गर्ने
– ई-कमर्स व्यवसाय: नेपाली उत्पादनलाई अनलाइनमार्फत बेच्ने

५. नवीकरणीय ऊर्जा र जलविद्युत् परियोजना
-जलविद्युत् परियोजनामा रोजगारी सिर्जना
– सौर्य ऊर्जा तथा बायोग्यास उत्पादन
– नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी प्रोत्साहन

६. उद्यमशीलता र स्टार्टअप विकास
– नविनतम व्यवसाय (फूड स्टार्टअप, एग्री-टेक, फिन-टेक, राइड सेयरिङ)
– युवा उद्यमीका लागि सहुलियत ऋण र अनुदान कार्यक्रम
– स्वरोजगार प्रवर्द्धन गरी नेपालमै अवसर सिर्जना

७. सीपमूलक तालिम र व्यावसायिक शिक्षा
– प्लम्बिङ, इलेक्ट्रीसियन, मेकानिक, टेलरिङ जस्ता सीपमूलक तालिम
– होटल म्यानेजमेन्ट, व्यावसायिक ड्राइभिङ, ढलान तथा निर्माण सम्बन्धी सीप
– उद्योग र शिक्षालयबीच सहकार्य गरी रोजगारीको वातावरण सिर्जना

यदि यी क्षेत्रहरूमा नीति निर्माण, लगानी प्रवर्द्धन, र उचित व्यवस्थापन गरियो भने नेपालमै लाखौं युवाले रोजगारी पाउनेछन्। वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न सरकार, निजी क्षेत्र, र नागरिक सबैको सहकार्य आवश्यक छ।

 

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

ताजा समाचार

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host